०१ साउन २०८३, शुक्रबार

आइतबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९४ पैसा

असार २२, २०८२
काठमाडौं
आइतबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९४ पैसा

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।     
     
युरोपियन युरो एकको खरिददर १६० रूपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रूपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ १० पैसा र बिक्रीदर १८६ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ३१ पैसा र बिक्रीदर १०० रूपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रूपैयाँ ५२ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १९ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५७ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ३० पैसा र बिक्रीदर ३२ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ र बिक्रीदर १० रूपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २७ पैसा र बिक्रीदर १४ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ५२ पैसा र बिक्रीदर २१ रूपैयाँ ६२ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७ रूपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६९ पैसा रहेको छ ।     
     
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्