![विराटनगरमा कृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rath_Yatra_Biratnagar_3_qEVdxQbwbb.jpg)
कृष्ण जन्माष्टमीको अवसरमा आज विराटनगरमा रथयात्रा निकालिएको छ । हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निकालिएको यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ ।
रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ ।
रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ ।
रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुन: मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
तस्वीरहरू:










