
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा छिरेको हुललाई नेपाली सेनाले लखेटेको छ ।
अन्डरग्राउन्डमा सुन र पैसा छ भन्दै बिहानैदेखि हुलका हुल मानिस देउवा निवासमा छिरेका थिए । दिउँसो सेनाको टीमले त्यहाँबाट भगाएको हो ।

यसरी भित्र छिरेकाहरूले जलेर बाँकी रहेका पैसाका टुक्रादेखि मन्दिरको मूर्ति समेत लिएर हिँडेका छन् ।
सेना आएपछि अहिले देउवा निवास खाली भएको छ ।
जेनजीका नाममा भएको आन्दोलनका क्रममा मंगलबार देउवा निवासमा आगजनी भएको थियो ।
आगजनीबाट क्रंक्रिटबाहेकका सबै संरचना जलेर नष्ट भएको छ ।

सभापति देउवा र उनकी पत्नी समेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवालाई आन्दोलनकारीले कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए ।
सुरक्षाकर्मीले उद्धार गरेका देउवा दम्पतीको उपचार भइरहेको बताइएको छ ।
हेर्नुहोस्, भिडियो :