०२ साउन २०८३, शनिबार

पूर्वप्रधानन्यायाधीश कार्कीले लिइन् प्रधानमन्त्री पदको शपथ

भदौ २७, २०८२
काठमाडौं
पूर्वप्रधानन्यायाधीश कार्कीले लिइन् प्रधानमन्त्री पदको शपथ

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री पदमा शपथग्रहण गरेकी छिन् । जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेपछि कार्की आजै प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको केहीबेरमै कार्कीले पद तथा गोपनियताको शपथ लिएकी हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमका बिच कार्कीले शपथ लिएकी हुन् ।

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शन भएको थियो । यही विरोध प्रदर्शनपछि नयाँ चुनावी सरकारको कोर्समा देश अगाडि बढेको हो । 

लामो समय संसद् विघटन गरेपछि मात्रै प्रधानमन्त्रीमा शपथ लिने अडानमा बसेकी थिइन् । तर नियुक्तिपछि संसद् विघटन गर्न तयार भएपछि उनलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । 

राष्ट्रपतिका सल्लाहकार पोखरेल पनि कार्कीको नियुक्तिपछि बस्ने मन्त्रिपरिषद्को बैठकको सिफारिस संसद् विघटनसहितका प्रक्रिया अगाडि बढ्ने समझदारी भएको बताएका छन् । ‘उहाँको शपथ हुने र त्यसपछि क्याबिनेटनले संसद् विघटन र निर्वाचनसम्बन्धी निर्णय गर्नेछ पोखरेलले लोकान्तरसँग भने । 

स्रोतका अनुसार राष्ट्रप्रति पौडेलले नयाँ प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्को पहिलो बैठकमै चुनावको मिति घोषणा हुनुपर्ने अडान राखेका थिए । यो अडानमा मान्दै कार्की प्रधानमन्त्री बन्न तयार भएकी हुन् । 

राष्ट्रपति पौडेल, जेनजी समूहका प्रतिनिधि र दलहरूबिच औपचारिक अनौपचारिक संवाद भएपछि कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो । यो समझदारीमा कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छैनन् । तर एमाले महासचिव शंकर पोखरेलसहितका नेताले संसद् विघटन गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । 

७३ वर्षीया कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । उनी २०७४ जेठसम्म १४ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्