०२ साउन २०८३, शनिबार
एक्सनमा सीआईबी

आरजु राणाका भाइको घरमा सीआईबीको छापा

असोज १२, २०८२
काठमाडौं
आरजु राणाका भाइको घरमा सीआईबीको छापा

नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भाइ भूषण राणाको जावलाखेलस्थित घरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ।

भुटानी शरणार्थी प्रकरणसँगै आरजु राणाको सम्पत्ति लुकाएको आशंकामा सीआईबीका डिएसपी सत्यनारायण थापाको टोलीले आइतबार घरमा छापा मारेको हो। ब्युरोका एक उच्च अधिकृतका अनुसार भूषण भने झन्डै एक महिना अगाडिदेखि युरोप भ्रमणमा रहेका छन्।

तर पनि आरजु राणासहितका आर्थिक गतिविधिमा उनको संलग्नता रहेको भन्ने आशंकाका आधारमा प्रहरीको टोलीले जावलाखेलस्थित घरमा छापा मारेको बताइएको छ।

प्रहरीले छानबिनका क्रममा घरभित्रका कागजात तथा अन्य विवरण संकलन गरेको बताइएको छ। 

स्रोतले भन्यो, 'राणाको हरेक आर्थिक गतिविधि र सरकारमा रहँदा आन्तरिक बढुवा, ठुला आयोजनाका ठेक्कापट्टा लगायतमा भूषणले मध्यस्तकर्ताको काम गर्ने गरेको  सूचना प्रहरीलाई छ।'

ब्युरोका अधिकृतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा भूषण मार्फत नै आरजुले रकम उठाएको आशङ्का छ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति भूषणले नै परिचालन गर्दै आएको ब्युरोको ठम्याइ छ । 

salt training

कमेन्ट गर्नुहोस्