११ साउन २०८३, सोमबार

पाकिस्तानी टोलीमा पूर्वकप्तान बाबर आजमको पुनरागमन

असोज १५, २०८२
काठमाडौं
पाकिस्तानी टोलीमा पूर्वकप्तान बाबर आजमको पुनरागमन

प्रभावशाली ब्याट्सम्यान बाबर आजम पाकिस्तानी टोलीमा फर्किएका छन् । निकट भविष्यमा हुने दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)द्वारा घोषित टोलीमा बाबर आजमलाई पनि समावेश गरिएको हो ।

पाकिस्तानले दक्षिण अफ्रिकासँग दुई टेस्टको शृंखला खेल्ने कार्यक्रम छ । टेस्ट शृंखला अक्टोबर १२ तारिखदेखि शुरू हुनेछ । यो टेस्ट शृंखला वर्ल्ड टेस्ट च्याम्पियनसिपकै अङ्ग हो ।

पूर्वकप्तान बाबर आजम र मोहम्मद रिजवानलाई यसअघि एसिया कपका लागि टोलीमा समावेश गरिएको थिएन । दक्षिण अफ्रिकाविरुद्धको टेस्टका लागि घोषित १८ सदस्यीय टोलीमा कप्तानको जिम्मेवारी भने शान मसुदलाई दिइएको छ ।

टोलीमा बाबर आजमको पुनरागमनले मध्यक्रम बलियो हुने विश्वास पीसीबीले लिएको छ । प्रमुख बलरको भूमिकामा शाहिन शाह अफरिदी, हसन अली र अबरार अहमद रहने छन् ।

ओपनर ब्याट्सम्यानको भूमिकामा इमाम–उल–हक र अब्दुल्लाह शफिक देखा पर्ने सम्भावना छ । साउद शकिल र सलमान अली आगाले पनि टोलीमा स्थान पाएका छन् ।

पाकिस्तानी टोली तीनजना नयाँ खेलाडीलाई स्थान दिइएको छ । बायाँहाते स्पिनर आसिफ अफरिदी, स्पिनर फैसल अकरम र विकेटकिपर ब्याट्सम्यान रोहेल नजिर टोलीमा स्थान पाउने नयाँ खेलाडी हुन् ।

शृंखलाको पहिलो टेस्ट अक्टोबर १२ देखि १६ तारिखसम्म लाहोरको गद्दाफी स्टेडियममा खेलिने छ । दोस्रो टेस्ट अक्टोबर २० देखि २४ तारिखसम्म रावलपिण्डी क्रिकेट स्टेडियममा खेलिने छ ।

त्यसपछि पाकिस्तान र दक्षिण अफ्रिकाबीच अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिने छ । त्यसअघि, अक्टोबर ४ देखि ८ तारिखसम्म तीन खेलको एकदिवसीय शृंखला पनि खेलिने छ । एकदिवसीय र टी–२० शृंखलाका लागि भने पाकिस्तानी टोलीको घोषणा गरिएको छैन ।

टेस्ट शृंखलाका लागि घोषित पाकिस्तानी टोलीमा शान मसुद (कप्तान), आमिर जमाल, अब्दुल्लाह शफिक, अबरार अहमद, आसिफ अफरिदी, बाबर आजम, फैसल अकरम, हसन अली, इमाम–उल–हक, कमरान गुलाम, खुर्रम शहजाद, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, रोहेल नजिर (विकेटकिपर), साजिद खान, अलमान अली आगा, साउद शकिल र शाहिन शाह अफरिदी छन् ।

salt training

कमेन्ट गर्नुहोस्