०९ साउन २०८३, शनिबार
एएफसी महिला यू–१७ एसियन कप छनोट

नेपालको पोस्टमा थाइल्यान्डको १२ गोल, सकियो एसियन कप खेल्ने सम्भावना

असोज ३१, २०८२
काठमाडौं
नेपालको पोस्टमा थाइल्यान्डको १२ गोल, सकियो एसियन कप खेल्ने सम्भावना

थाइल्यान्डमा जारी एएफसी महिला यू–१७ एसियन कप छनोटमा फूटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपाली टोली आयोजक राष्ट्रसँग ०–१२ गोलको विशाल अन्तरले पराजित भएको छ ।

फराकिलो हारसँगै नेपाली टोलीको आगामी एएफसी एसियन कप खेल्ने सपना पनि समाप्त भएको छ ।

चोनबुरी रंगशालामा खेलको प्रारम्भदेखि नै थाइल्यान्डले नेपाली टोलीविरुद्ध गोलको वर्षा शुरू गरेको थियो ।

छनोट प्रतियोगितामा नेपाल, थाइल्यान्ड र तुर्कमिनिस्तान समूह ‘एफ’ मा परेका थिए । उक्त समूहबाट थाइल्यान्ड एएफसी एसियन कपमा पुग्न सफल भयो ।

आफ्नो पहिलो खेलमा थाइल्यान्डले तुर्कमिनिस्तानलाई १७–० गोलले हराएको थियो । नेपाली टोली भने आफ्नो पहिलो खेलमा तुर्कमिनिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एएफसी महिला यू–१७ एसियन कप सन् २०२६ को अप्रिल ३० देखि मे १७ तारिखसम्म चीनमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्