०४ साउन २०८३, सोमबार
मन्त्री बन्ने चर्चाबीच मुद्दा

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा

कात्तिक २, २०८२
काठमाडौं
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डा. मिश्राविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

उनीमाथि एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोप छ । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो । 

आफूलाई सचिव नबनाइएको भन्दै उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला सरकारले डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको थियो ।

देवकोटा सचिव बनेपछि उनी राजीनामा दिएर बसेकी थिइन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भएको थिएन ।

सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि उनी मन्त्रालय जान थालेकी थिइन् ।

उनी हालको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा समेत थिइन् । 

कमेन्ट गर्नुहोस्