०४ साउन २०८३, सोमबार
मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्य बढ्यो

कात्तिक २९, २०८२
काठमाडौं
पेट्रोल र डिजेलको मूल्य बढ्यो

सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ३ र पेट्रोलको २ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

आज इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको २ रुपैयाँ ५४ पैसा र डिजेलको ५ रुपैयाँ ५३ पैसा मूल्य बढेर आएको निगमको भनाइ छ । तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर बढेकोबाट केही मूल्य मात्रै समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मूल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १६१ रुपैयाँ पुगेको छ भने डिजेलको १४७ रुपैयाँ पुगेको छ । 
 

कमेन्ट गर्नुहोस्