०८ साउन २०८३, शुक्रबार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : ब्याजदर र नीतिगतदर घटाइयो

मंसिर १५, २०८२
काठमाडौं
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : ब्याजदर र नीतिगतदर घटाइयो

नेपाल राष्ट्र बैंकले ब्याजदर र नीतिगत दरलाई घटाएको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् ब्याजदर करिडोरको तल्लो सीमा घटाएको हो । 

समीक्षामार्फत् स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा (सिम्याट्रिक) कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई घटाइएको राष्ट्र बैंकले जनाएको छ । 

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् राखिएको छ । त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिदिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्