०३ साउन २०८३, आइतबार

'एनएमबि इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा थप सुविधा

मंसिर २२, २०८२
काठमाडौं
'एनएमबि इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा थप सुविधा

एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ।

यो सुविधामार्फत क्रेडिट कार्ड प्रयोगकर्ताहरूले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन् ।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पीओएस स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्ने बैंकले जनाएको छ ।

न्यूनतम् शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित, ‘इन्स्टा बाइ’मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ।

एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटीएम र ९ एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्