०४ साउन २०८३, सोमबार

पक्राउ परेका मादुरो र उनकी पत्नीलाई न्यूयोर्क लगिँदै

पुस १९, २०८२
काठमाडौं
पक्राउ परेका मादुरो र उनकी पत्नीलाई न्यूयोर्क लगिँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउपछि न्यूयोर्क लैजाने तयारी भएको बताएका छन्।

फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले मादुरो दम्पतीविरुद्ध न्यूयोर्कमा अभियोग दर्ता भइसकेको दाबी गरे। उनका अनुसार उनीहरूलाई हेलिकोप्टर र जहाजमार्फत न्यूयोर्क पुर्‍याइनेछ।

ट्रम्पले मादुरोमाथि गम्भीर आरोप लगाउँदै भने, “उनीहरूले धेरै मानिसको हत्या गरेका छन्, धेरै अमेरिकी नागरिकसमेत मारिएका छन्, आफ्नै देशका नागरिक पनि पीडित छन् ।” 

यसअघि ट्रम्पले मादुरो पक्राउ परेको र उनी अत्यन्त कडा सुरक्षासहित ‘घरभन्दा किल्लाजस्तो’ स्थानमा रहेको अवस्थामा नियन्त्रणमा लिइएको दाबी गरेका थिए। 

कमेन्ट गर्नुहोस्