०३ साउन २०८३, आइतबार
विश्वकप–२०२६ विशेष : नन्दन कुमार यादव

१० महिनाअघि ‘डेब्यू’ गरेका प्रतिभाशाली बलिङ अलराउन्डर

माघ २२, २०८२
काठमाडौं
१० महिनाअघि ‘डेब्यू’ गरेका प्रतिभाशाली बलिङ अलराउन्डर

नन्दन यादव राष्ट्रिय टोलीका क्षमतावान मध्यम–द्रुत गतिका बलर हुन् । २५ वर्षीय नन्दनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाका प्रतियोगिता खेलिसकेका छन् ।

यति हुँदाहुँदै पनि उनको अन्तर्राष्ट्रिय अनुभव भने खासै लामो छैन । तल्लो क्रममा ब्याटिङ गर्न आएर टोलीलाई आवश्यक पर्दा आक्रामक रन बनाउने क्षमता पनि उनी राख्दछन् ।

नन्दनले हालसम्म देशका लागि तीनवटा एकदिवसीय र १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले कुल २० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियको तीन पालिमा उनले २८.४० को औसतले कूल पाँच विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३९ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियको १२ पालिमा १६.९३ को औसतले कूल १५ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर दुई विकेट हो ।

यसका अतिरिक्त, नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा १२ र टी–२० अन्तर्राष्ट्रियमा कूल ६८ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ३७ रन हो ।

null

टी–२० अन्तर्राष्ट्रियमा उनले चार चौका र छ छक्का हिर्काएका छन् । यो ढाँचाको खेलमा उनले चारवटा क्याच पनि लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : नन्दन यादवले सन् २०२५ को जुन १० तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताका क्रममा खेलिएको उक्त खेलमा नन्दन १२ बलमा १० रन बनाउँदै अविजित रहेका थिए ।

आफ्नो पहिलो खेलमै नन्दनले नौ ओभरमा एक मेडन राख्दै ३९ रन खर्चिएर तीन विकेट लिएका थिए । नन्दनको ‘डेब्यू’ खेलमा नेपाल १६ रनले विजयी भएको थियो ।

null

यसैगरी, नन्दनले आफ्नो पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् २०२५ को नोभेम्बर ५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दुबईमा खेलेका थिए । त्यो खेल पनि क्रिकेट विश्वकप लिग–२ शृङ्खलाकै क्रममा खेलिएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : नन्दन यादवले सन् २०२५ को अप्रिल ९ तारिखमा कतारविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । हङकङमा खेलिएको उक्त खेलमा नन्दनले एक विकेट लिएका थिए । उक्त खेलमा नेपाल आठ विकेटले विजयी भएको थियो ।

यसैगरी, नन्दनले आफ्नो पछिल्लो टी–२० अन्तर्राष्ट्रिय सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआ विरुद्ध खेलेका थिए । टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराएको थियो ।

null

लिस्ट ‘ए’ र टी–२० : नन्दन यादवले लिस्ट ‘ए’ प्रतियोगितामा तीन खेल खेल्दै २८.४० को औसतले कूल पाँच विकेट लिएका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ३९ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी, उनले १२ वटा टी–२० पनि खेलेका छन् । टी–२० मा उनले १६.९३ को औसतले कूल १५ विकेट लिएका छन् । टी–२० मा उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर दुई विकेट हो ।

कीर्तिमान : नन्दन यादव टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०औँ नम्बरमा क्रिज समाल्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा आठौँ स्थानमा छन् ।

उनले हङकङमा खेलिएको कुवेतविरुद्धको खेलमा १०औँ नम्बरमा ब्याटिङ गर्दै केवल १४ बलमा दुई चौका र चार छक्काको मद्दतले ३७ रन बनाएका थिए । त्यो खेलमा नन्दनको स्ट्राइक रेट २६४.२८ रहेको थियो ।

यो पनि पढ्नुहोस् :

पहिलो विश्वकप यात्रालाई अविस्मरणीय बनाउने तरखरमा बायाँहाते अलराउन्डर

कीर्तिमानका पर्याय प्रभावशाली लेग–स्पिनरको दोस्रो विश्वकप यात्रा

घरेलु क्रिकेटबाट सिधै विश्वकपमा ‘डेब्यू’ गर्दै दुई एनपीएल उपाधिका नायक

सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

गुलसन झा : कम उमेरमा ‘डेब्यू’देखि एउटै खेलमा अर्धशतक र ५ विकेटको उपलब्धिसम्म

ऐतिहासिक प्रदर्शनको लक्ष्यसहित पहिलोपटक विश्वकप अभियानमा होमिएका अनुभवी खेलाडी

हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक

कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा

विस्फोटक ब्याटिङ अलराउन्डर भुर्तेल– डेब्युमै 'प्लेयर अफ दि म्याच' भएका नेपाली ओपनर

आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म

रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म

salt training

कमेन्ट गर्नुहोस्