
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने दाबी गरेका छन् ।
बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दा स्वच्छ निष्पक्ष चुनाव भए केही स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन् । उनले अहिले चुनावका लागि नेकपाको जस्तो सक्रियता अरू कसैको नदेखिएको जिकिर गरे ।
मुलुकको परिवर्तनको बाहक आफूहरू नै भएकाले हिजोका सहयात्रीहरूसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनको भनाइ थियो ।