०३ साउन २०८३, आइतबार
मध्यपूर्व तनाव

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

फागुन १७, २०८२
काठमाडौं
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका छन् । आइतबार बिहान ट्रुथ सोसलमा ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका हुन् । 

ट्रम्पले ट्रुथ सोसलमा लेखे, 'इतिहासका सबैभन्दा दुष्ट मानिसहरूमध्ये एक खमेनी अब मरेका छन् । यो इरानका जनताका लागि मात्र होइन, तर विश्वभरका धेरै देशका महान अमेरिकीहरू र जनताका लागि पनि न्याय हो।'

यद्यपि, इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको समेत दाबी गरे । 

शनिबारदेखि अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरिरहेको छ । 

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका सर्वोच्च नेता अब नरहेको बताएका थिए ।

सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत खामेनेई देशका सबैभन्दा शक्तिशाली व्यक्तित्व हुन् ।

उनी राष्ट्राध्यक्ष तथा सशस्त्र बलका सर्वोच्च कमान्डर हुन् । उनीसँग राष्ट्रिय प्रहरी र ‘नैतिकता प्रहरी’माथि पनि पूर्ण अधिकार छ ।

इरानको सरकारी समाचार एजेन्सी फार्सले इरानको सर्वोच्च नेताको परिवारका धेरै सदस्य मारिएको पुष्टि गरेको छ। यसमा उनकी छोरी, ज्वाइँ, नाति र बुहारी पनि समावेश छन्।

null

salt training

कमेन्ट गर्नुहोस्