२८ असार २०८३, आइतबार
प्रतिनिधि सभा निर्वाचन

एमालेको लालकिल्ला तोडियो, कास्की २ मा रास्वपाका पौडेल विजयी

फागुन २३, २०८२
काठमाडौं
एमालेको लालकिल्ला तोडियो, कास्की २ मा रास्वपाका पौडेल विजयी

प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन् ।

नेकपा एमालेका रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बने भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बने । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेका छन् । 

कास्की २ को मत परिवर्तन हुँदै गरेको संकेत २०७९ मै देखिएको थियो । त्यतिबेला यो क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ १४ हजार २ मत ल्याउँदा एमालेले १३ हजार ५४० मत पाएको थियो । यसका आलावा कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादीे (हालको नेकपा)ले २ हजार ४०४ र एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए ।

कास्की २ मा २०७४ मा रविन्द्र अधिकारी एमालेबाट २७ हजार २०७ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधनपछि २०७६ को उपनिर्वाचनमा विद्या भट्टराई तत्कालीन नेकपाबाट २४ हजार ३९४ मत ल्याएर निर्वाचित भइन् । उपनिर्वाचनमा उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत ल्याएका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेले विद्यालाई नै अगाडि सार्‍यो । एमालेले आफ्नो क्षेत्र भनेर ढुक्क भएको किल्लामा एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेलले टक्कर दिए । विद्या १६ हजार ९९८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कंडेलले १२ हजार ४९५ मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्