०३ साउन २०८३, आइतबार
प्रतिनिधि सभा निर्वाचन

समानुपातिकमा रास्वपाले १० लाख मत कटायो- प्रत्यक्षमा सय नजिक, अरूको अवस्था के छ ?

फागुन २४, २०८२
काठमाडौं
समानुपातिकमा रास्वपाले १० लाख मत कटायो- प्रत्यक्षमा सय नजिक, अरूको अवस्था के छ ?

प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। बिहान ६ बजेसम्म १२६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९७, नेपाली कांग्रेस १४, नेकपा एमाले ७, नेपाली कम्युनिस्ट पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रले १ निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।

हाल रास्वपा २८ स्थानमा अगाडि  । कांग्रेस २ र एमाले ४ स्थानमा अगाडि छन् । नेकपा २ स्थानमा अगाडि छ भने श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १० लाख मत कटाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कुल १९ लाख ४५ हजार १५५ मतगणना हुँदा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हो । 

नेपाली कांग्रेसले हालसम्म ३ लाख ३० हजार ५३२ मत प्राप्त गरेको छ । त्यस्तै, एमाले २ लाख ६३ हजार ४०८ मतका साथ तेस्रो स्थानमा छ। 

नेपाली कम्युनिस्ट पार्टी १ लाख ९४ हजार ६ सय ९८ समानुपातिक मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७१ हजार ९ सय ३७ समानुपातिक मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले भने ४२ हजार १८८ मत ल्याएको छ।

salt training

कमेन्ट गर्नुहोस्