१० साउन २०८३, आइतबार

अमरेशलाई बधाई दिँदै गगनले भने- सर्लाही ४ को काम निरन्तर गर्नेछु

फागुन २४, २०८२
काठमाडौं
अमरेशलाई बधाई दिँदै गगनले भने- सर्लाही ४ को काम निरन्तर गर्नेछु

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले यहाँबाट निर्वाचित अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् । 

रास्वपा उम्मेदवार सिंहलाई उनले सामाजिक सञ्जालमार्फत् बधाइ दिएका हुन् । ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !’, गगनले लेखेका छन् । 

साथै, गगनले आफूलाई माया, विश्वास र मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु’, उनले लेखेका छन् । 

विगतमा काठमाडौं ४ बाट निर्वाचन लड्दै आएका गगन यसपटक मधेश झरेका थिए । सर्लाही ४ बाट निर्वाचन लडेका गगनले अमरेशसँग १२ हजार ८५७ मतान्तरले निर्वाचन हार्नुपरेको थियो । 

गगनले २२ हजार ८३१ मत प्राप्त गर्दा अमरेशले ३५ हजार ६८८ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्