१० साउन २०८३, आइतबार
नेकपाका समानुपातिक सांसद

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो ९ समानुपातिक सांसदको नाम

चैत १, २०८२
काठमाडौं
नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो ९ समानुपातिक सांसदको नाम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदहरूको नामावली टुंग्याएको छ ।

समानुपातिकतर्फ प्राप्त ९ सीटमा नेकपाले सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको हो ।

नेकपा स्रोतका अनुसार खस आर्यतर्फ पुरुषमा प्रमेश हमाल र महिलामा बलावती शर्माको नाम निर्वाचन आयोगमा पठाइएको छ । 

यसैगरी, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बरबरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पनि सांसदको सूचीमा परेको नेकपा स्रोतले जानकारी दियो ।

पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालले सांसदहरूको नाम टुंगो लगाएका हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्