२२ असार २०८३, सोमबार

राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

चैत ५, २०८२
काठमाडौं
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

अभिनेता राजेश हमालको निर्देशनमा चलचित्र बनाउने भन्दै गाउँपालिकाको रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आयोगले गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदसमेत ४ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आयोगले गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर. जे, २४ न्युज भन्ने ट्वान्टी फोर मिडिया प्रालि एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्साल विरुद्ध मुद्दा दायर गरेको हो ।

सबै जनाविरुद्ध १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो कायम गरिएको छ । हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी एक नियमविपरीत १५ लाख सम्झौता गरिएको अख्तियारले जनाएको छ ।

२० प्रतिशत मात्र पेस्की दिन मिल्ने कानूनी व्यवस्थाविपरीत गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको, चलचित्र निर्माणका लागि घर भाडा र अरु खर्चका नाममा नक्कली र झुट्टा बिल पेस गरी भुक्तानी लिइएको अभियोग पत्रमा उल्लेख छ ।

जस अनुसार १२ लाख ७७ हजार २५० रूपैयाँ भुक्तानी भएको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्