२२ असार २०८३, सोमबार

एक हजार छ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चैत १०, २०८२
काठमाडौं
एक हजार छ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । चाँदी भने तोलामा ८० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्