
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल संसद् भवनमा एकसाथ बसेका छन् ।
पूर्व सहकर्मी समेत रहेका प्रचण्ड-बादल केही वर्षयता अलग-अलग दलमा छन् । सांसदको शपथ लिने बेला यी दुईको कुर्सी एकसाथ परेको हो ।
यी दुई जनयुद्धकालदेखिका सहकर्मी हुन् । तत्कालीन नेकपा विभाजन हुँदा बादल एमालेमै बसेका थिए ।
यसपटक प्रचण्ड रुकुमपूर्वबाट निर्वाचित भएका हुन् भने बादललाई एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको हो ।