२२ असार २०८३, सोमबार

दीपक खड्का र रेखाकुमारी शर्माको तर्फबाट पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

चैत १७, २०८२
काठमाडौं
दीपक खड्का र रेखाकुमारी शर्माको तर्फबाट पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काको तर्फबाट पनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

मन्त्री खड्काको हकमा उनकी श्रीमती विनिता खड्काले मंगलबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेकी हुन् ।

गिरफ्तारी गैरकानूनी, गैरसंवैधानिक भएकाले थुनामुक्त गरिपाऊँ भन्दै रिट दायर भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

यसैगरी, एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्माको हकमा पनि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

उनका तर्फबाट चिन्तामणि शर्माले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्