०५ साउन २०८३, मंगलबार

गन्तव्य क्लियर गरौं, सकिन्छ भने मिलेर जाऊँ, नत्र चुप लागेर बसौं : शिव हुमागाईं

चैत १८, २०८२
काठमाडौं
गन्तव्य क्लियर गरौं, सकिन्छ भने मिलेर जाऊँ, नत्र चुप लागेर बसौं : शिव हुमागाईं

नेपाली कांग्रेसका नेता शिव हुमागाईंले विशेष र नियमित अधिवेशन पक्ष भनेर विवाद गरेर बस्न नहुने बताएका छन् ।

असन्तुष्ट पक्षको नेतृत्व गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको (शेरबहादुर देउवापक्षीय) बैठकमा निवर्तमान केन्द्रीय सदस्य समेत रहेका हुमागाईंले विशेष र नियमितको विवादको नतिजा चुनावमा देखिएको बताए । 

'विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावमा गएपश्चात् आउने रिजल्ट यही नै थियो,' उनले भने ।​

स्थानीय स्तरमा निराशा बढेको भन्दै उनले सकेसम्म मिलेर जान र नसके चुप लागेर बस्न आग्रह गरे ।

'हाम्रो गन्तव्य स्पष्ट पार्नुपर्छ । के उद्देश्य राखेर कहाँ पुग्ने गन्तव्य हो ? ग्राउन्डमा निराशा छ, हाम्रो कुरा कसैले सुन्ने वाला छैन,' उनले भने, 'सकिन्छ भने मिलेर जाऊँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।'

salt training

कमेन्ट गर्नुहोस्