०३ साउन २०८३, आइतबार

नेटोमाथि किन खनिए डोनाल्ड ट्रम्प ?

चैत २६, २०८२
काठमाडौं
नेटोमाथि किन खनिए डोनाल्ड ट्रम्प ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को आलोचना गरेका छन् ।  अमेरिकालाई आवश्यक परेको समयमा यो सैन्य गठबन्धनले साथ नदिएको उनको आक्रोश छ । 

नेटो प्रमुख मार्क रुटसँग ह्वाइट हाउसमा भएको भेटवार्ताको केही समयपछि नै ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । 
आफ्नो पोष्टमा ट्रम्पले लेखेका छन्, 'हामीलाई आवश्यकता परेको बेला नेटो त्यहाँ थिएन र भविष्यमा पनि हामीलाई उनीहरूको खाँचो पर्दा उनीहरू साथमा हुने छैनन्। ग्रीनल्याण्डलाई सम्झनुहोस्, त्यो हिउँको ठूलो र कुप्रबन्धित टुक्रा!'
विगतमा उनले डेनमार्कको अधिनमा रहेको टापु ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गरेका थिए। त्यतिबेला नेटोमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूले ट्रम्पको उक्त कदमको विरोध गरेका थिए ।
यसअघि नेटोका महासचिव मार्क रुटले सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता निकै स्पष्ट र खुला भएको बताएका थिए। रुटले इरानको आणविक खतरालाई कम गर्न अमेरिका र इजरायलले चालेको कदमको प्रशंसा गर्दै अहिले विश्व सुरक्षित भएको दाबी गरेका थिए ।
तर, रुटले राष्ट्रपति ट्रम्प युरोपेली सहयोगी राष्ट्रहरूसँग स्पष्ट रूपमा निराश रहेको भने स्वीकार गरेका थिए । ट्रम्पले लामो समयदेखि नेटो सदस्य राष्ट्रहरूले रक्षा खर्चमा पर्याप्त योगदान नगरेको र अमेरिकी हितका मुद्दाहरूमा बेवास्ता गरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्