०३ साउन २०८३, आइतबार

यमुना नदीमा पर्यटक बोकेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु

चैत २८, २०८२
काठमाडौं
यमुना नदीमा पर्यटक बोकेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु

यमुना नदीमा पर्यटक बोकेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा ४ जना अझै बेपत्ता छन् । 

ज्यान गुमाउनेमा ६ महिला र ५ पुरुष छन् । सबै पर्यटकहरू पञ्जाबका रहेको दैनिक भास्करले जनाएको छ । 

समाचारअनुसार दुर्घटना दिउँसो ३ बजेतिर भारतको प्रसिद्ध बाँके बिहारी मन्दिरबाट करिब २.५ किलोमिटर टाढा केसीघाट नजिकै भएको हो । 

लगभग ५० जनाको स्थानीय गोताखोरहरूको टोलीले खोजी अभियान शुरू गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्