
ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नागरिक सुनुवाइ गरेको छ ।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, तारकेश्वर नगरपालिका-१ का वडाध्यक्ष विदुर सापकोटा, काठमाडौं महानगरपालिका-१६ का सदस्य हर्क खाती लगायत उपस्थित थिए ।
यसैगरी, विभिन्न सामुदायिक सेवा केन्द्र, टोल सुधार समिति, यातायात व्यवसायी, मजदुर संघ, होटल व्यवसाय लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही क्रममा एसएसपी अधिकारीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कमा कार्यरत कर्मचारीको निरीक्षण समेत गरे ।