२२ असार २०८३, सोमबार
राष्ट्रिय प्रतिबद्धता

कुनै सैन्य गठजोडमा नलाग्ने सरकारको प्रतिबद्धता, 'नेपाल प्रथम, 'नेपाली प्रथम'को नीति

बैशाख १, २०८३
काठमाडौं
कुनै सैन्य गठजोडमा नलाग्ने सरकारको प्रतिबद्धता, 'नेपाल प्रथम, 'नेपाली प्रथम'को नीति

सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने भएको छ ।

मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ ।

'नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न 'सन्तुलित र गतिशील कूटनीति' अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक 'परफरमेन्स अडिट' प्रणाली शुरू गरिनेछ,' प्रतिबद्धता पत्रमा उल्लेख छ ।

अगाडि भनिएको छ, 'नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई 'बफर स्टेट'बाट 'भाइब्रेन्ट ब्रिज'को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ ।'

कुनै पनि सैन्य गठजोठमा नलागी सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

'कुनै पनि सैन्य गठजोड, हात-हतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्‍याउँदछ भन्ने मान्यतासहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ । सम्पूर्ण कूटनीतिको केन्द्रमा नेपाल प्रथमः नेपाली प्रथम'को अवधारणा आत्मसाथ गरिनेछ । आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वादजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ,' प्रतिबद्धता पत्रमा भनिएको छ ।

जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्