०३ साउन २०८३, आइतबार
देउवा समूहको भेला

'पार्टी फुटाएर संगठन बनाउन सकिँदैन, गगनजीहरूले मिलाउनुपर्छ'

बैशाख ६, २०८३
काठमाडौं
'पार्टी फुटाएर संगठन बनाउन सकिँदैन, गगनजीहरूले मिलाउनुपर्छ'

नेपाली कांग्रेसको असन्तुष्ट समूहको छलफल जारी छ । धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी बैठकमा तीन विषयमा छलफल भइरहेको छ ।

समूहका नेता श्याम घिमिरेका अनुसार अहिले बैठकमा बोल्ने अधिकांश नेताहरूले ती तीनै कोणबाट कुरा राखिरहेका छन् ।​

घिमिरेका अनुसार तीन विकल्पमा पहिलो पार्टीभित्र आन्तरिक एकता गरेर जाने विषय रहेको छ । दोस्रो पार्टी विभाजन गरेर जाने र तेस्रो निष्क्रिय बस्ने विकल्प रहेका छन् ।

यी विकल्पमध्ये पहिलो विकल्पमा नेताहरू कन्भिन्स देखिएका उनले बताए । यद्यपि पार्टी मिलाउने जिम्मेवारी भने सभापति गगन थापाकै रहेको बैठकमा बोल्ने नेताहरूले उल्लेख गरेका छन् ।

‘पार्टी फुटाउनु कल्याण पनि हुँदैन र देशभर संगठन बनाउन पनि सहज छैन भनेर साथीहरू बोल्नुभएको छ‚’ घिमिरेले लोकान्तरसँग भने, ‘निष्क्रिय बस्न पनि सकिँदैन त्यसैले मिलेर जानुको विकल्प छैन भन्ने कुरा आएको छ ।’

छलफलमा नेताहरू पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायतको सहभागिता रहेको छ ।

शुक्रबार सर्वोच्च अदालतले पार्टी विवादमा यो समूहले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशन र गगन थापालाई पार्टीको आधिकारिकता दिएको थियो ।

त्यसपश्चात् पुरानो संस्थापन समूह शनिबारबाटै छलफलमा जुटेको छ । यो छलफलले समूहको भावी कार्यदिशा तय गर्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्