०५ साउन २०८३, मंगलबार
सुकुम्वासी हटाउने अभियान

बिहानै बल्खु पुग्यो डोजर, अझै सामान ओसार्दै सुकुम्वासी

बैशाख १८, २०८३
काठमाडौं
बिहानै बल्खु पुग्यो डोजर, अझै सामान ओसार्दै सुकुम्वासी

काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत दोस्रो चरणमा आज (शुक्रबार) विभिन्न क्षेत्रमा डोजर चलाइँदैछ।

घरटहरा भत्काउन बल्खुमा डोजर पुगेको छ। प्रहरीको बाक्लो उपस्थिति छ। मानिसहरू अझै सामान सारिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायत ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ। 

nullnullnullnullnullnullnull

 

salt training

कमेन्ट गर्नुहोस्