२८ असार २०८३, आइतबार

४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए उच्च जीपीए

बैशाख २८, २०८३
काठमाडौं
४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए उच्च जीपीए

 राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाअनुसार ४८ हजारभन्दा बढी विद्यार्थीले उच्च जीपीए हासिल गरेका छन् ।

बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ ।

यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् ।

नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ रहेका छन् भने २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ९४ हजार २२२ रहेको बोर्डले जनाएको छ ।

त्यस्तै २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७, २ देखि २.४ जीपीए ल्याउने पाँच हजार १९० तथा १ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सात रहेको छ ।

यस वर्ष एसईईमा नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड (एनजी) मा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्