२२ जेठ २०८३, शुक्रबार
नयाँ दिल्लीमा रविको दौडधूप

भारतीय विदेशमन्त्री जयशंकरसँग रवि लामिछानेको भेट, विकास साझेदारीबारे छलफल

जेठ १९, २०८३
काठमाडौं
भारतीय विदेशमन्त्री जयशंकरसँग रवि लामिछानेको भेट, विकास साझेदारीबारे छलफल

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

मंगलबार नयाँ दिल्लीमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री जयशंकरले रास्वपा सभापति लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनका अनुसार भेटवार्तामा नेपाल–भारतबीचको विकास साझेदारी र जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।

जयशंकरले नेपाल र भारतबीचको विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्