
मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा जुड बेलिङघमको जादुमयी प्रदर्शनले आयोजक मेक्सिकोलाई संकटमा पारेको छ।
खेलको ३६ औँ र ३८ औँ मिनेटमा गरी मात्र दुई मिनेटको अन्तरालमा बेलिङघमले दुई गोल गरेपछि इंग्ल्याण्डले २-० को सनसनीपूर्ण अग्रता बनाएको छ।
ऐतिहासिक एज्तेका स्टेडियममा जारी खेलमा पहिलो गोल ३६ औँ मिनेटमा सम्भव भएको थियो। गोलकिपर जोर्डन पिकफोर्डले सुरु गरेको काउन्टर-अट्याकमा बुकायो साकाले उपलब्ध गराएको उत्कृष्ट क्रसलाई बेलिङघमले डाइभिङ हेडरमार्फत गोलमा परिणत गरेका थिए।
त्यसको लगत्तै ३८ औँ मिनेटमा फेरि बेलिङघमले अर्को गोल थप्दै घरेलु दर्शकहरूलाई स्तब्ध तुल्याए।
यसअघि खेलको सुरुवाती समयमा मेक्सिकोले इंग्ल्याण्डमाथि निकै दबाब सिर्जना गरेको थियो। मेक्सिकोका राउल जिमिनेजले गोल गर्ने निकै राम्रो अवसर पाए पनि इंग्ल्याण्डका गोलकिपर पिकफोर्डले सानदार बचाउ गर्दै संकट टारेका थिए।
खराब मौसमका कारण ढिला गरी सुरु भएको यो खेलमा अहिले इंग्ल्याण्ड बलियो स्थितिमा देखिएको छ। यस खेलको विजेताले क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ।