×

NIC ASIA

काठमाडौं, २७ पुस– धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविका छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले जानकारी दिए । 

Muktinath Bank

प्रअ कर्णका अनुसार मंगलबार विहान विद्यालयको प्राथनाको समयमा एकजना छात्रा वेहोस भएपछि अरु छात्राहरु पनि क्रमश वेहोस भएका थिए । मंगलबार ५ जना र बुधबार १२ जना छात्राहरु बेहोस भएर पढाइ प्रभावित भएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी विद्यार्थीहरुलाई प्राथना गराइरहेका थियौं । एकजना छात्रा बेहोस भइन् ।उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लागियो । उनलाई उपचारका लागि लैजाने विद्यार्थी पनि बाटोमै बेहोस भए । यता विद्यालयमा रहेका अरु छात्राहरु पनि वेहोस हुन थाले ।’ 


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘बुधबार दिउँसो १२ बजेपछि कक्षामा पढ्दापढ्दै छात्राहरु फेरी वेहोस हुन थाले ।  एकैदिन १२ जना विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द ग¥यौं ।’ 

Vianet communication
मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले जानकारी दिए । 

यस्तो समस्या एक महिना अघि पनि देखिएको विद्यालयले जनाएको छ । एक महिना अघि पनि एकै दिन ५ जना छात्राहरु बेहोस भएको प्रअ कर्णले जानकारी दिए ।

मंगलबार वेहोस भएकी विद्यालयकी एक छात्राले आफु महिनावारी भएको बताइन् । उनले  भनिन्,‘म मंगलबार बिहान महिनावारी भएको थिए । पेटदुखीरहेको थियो । पढ्दापढ्दै झन् धेरै पेट दुख्यो । एकदम जाडो भयो, म काम्न थाले । त्यसपछि  साथीहरुले कक्ष बाहिर लादै गरेका थिए । मेरो शरीर निकै लुलो भएको थियो त्यसपछि बेहोस भएछु ।’

अस्पतामा लैजादा भने उनीहरुलाई कुनै रोग नभएको चिकित्सकहरुले बताएका थिए । चिकित्सकहरुले मास हिस्टेरिया पनि भनिने (कन्भर्सन डिसअर्डर)को समस्या भएको बताएपछि विद्यालयले विद्यार्थीहरुलाई मनोपरामर्श समेत दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x