
मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
सामान्यतया मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्छ ।
अघिल्लो मन्त्रिपरिषद् बैठक मंगलबार बसेको थियो । उक्त बैठकले संघीय संसद् सदस्यहरूले स्वकीय सचिव राख्न पाउने पुरानो व्यवस्था ब्यूँताउने निर्णय गरेको थियो ।
उक्त व्यवस्था सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले हटाएको थियो ।
बिहीबारको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायतमा पदाधिकारी नियुक्तिदेखि विभिन्न निर्णय गर्न सक्ने जनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि कुमार नगरकोटी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि ब्रजेश खनालको नाम चर्चामा छ ।