![उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको एकैसाथ सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nyaya_parisad_7AGtoJ0shA.jpg)
न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
बिहीबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्ले विशेष अदालत काठमाडौंको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।
श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ ।
यस्तै, राजस्व न्यायाधिकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्न सिफारिस गरेको छ ।
राजस्व न्यायाधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश अन्जु उप्रेती ढकाललाई तोक्न सिफारिस गरिएको छ ।
राजस्व न्यायाधीकरण विराटनगरको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई तोक्न सिफारिस गरिएको छ ।
उच्च अदालततर्फ न्यायाधीश यमुना भट्टराईलाई उच्च अदालत पाटन (हेटौंडा इजलास)बाट उच्च अदालत पोखरा (बागलुङ इजलास)मा सरुवा गरिएको छ ।
न्यायाधीश सुदर्शन देव भट्टलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ । न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतबाट उच्च अदालत पाटन (हेटौंडा इजलास)मा सरुवा गरिएको छ ।
न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास) र नातिबाबु लामिछानेलाई उच्च अदालत विराटनगर (इलाम इजलास)मा सरुवा गरिएको छ ।
न्यायाधीश टंकप्रसाद गुरुङलाई पाटनबाट विराटनगर र राजुराम सिलवाललाई जनकपुरबाट पाटन सरुवा गरिएको छ ।
त्यसैगरी, जिल्ला अदालततर्फ देशभरका १५७ जना न्यायाधीशहरूको सरुवा गरिएको छ । न्यायाधीश अशोककुमार बस्नेत, उमेशप्रसाद लुइँटेल र धनेश्वर पौडेललाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ ।
डा. प्रकाश उप्रेती र केदारनाथ पौडेललाई ललितपुर जिल्ला अदालतमा सरुवा गरिएको छ । कमलराज विष्ट र चित्रबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतमा सरुवा गरिएको छ । पुनाराम खनाललाई चितवन जिल्ला अदालत र मनोज श्रेष्ठलाई दाङ जिल्ला अदालतमा सरुवा गरिएको छ ।
सबै सरुवाको सूची हेर्नुहोस् :