कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं, १ माघ– धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविमा गएको मंगलबार छात्राहरु एकएक वेहोस हुन थाले । दुई दिनमा १७ जना छात्राहरु बेहोस भएपछि विद्यालयले माग १ गतेसम्मलाई विद्यालय नै बन्द गर्नु पर्यो ।
मंगलबार बेहोश भएकी विद्यालयकी एक छात्राले आफु महिनावारी भएको र पेट दुुखेकोले बेहोश भएको बताएकी थिइन् । नजिकैको स्वास्थ्य चौकीमा लगेर केही समय राखेपछि उनको होस् आयो ।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले विद्यार्थीहरुलाई मास हिस्टेरिया भएको बताएपछि उनीहरलाई मनोपरामर्श दिइएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले बताए । यसअघि पनि विद्यालयमा विद्यार्थीहरु पालैपालो बेहोस हुने गरेको प्रधानाध्यापक कर्णले बताए ।
यस्तै जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङमा पनि दैनिक १० जनासम्म विद्यार्थी बेहोश भएपछि विद्यालयमा पढाइ नै प्रभावित भयो । विद्यालयमा पठनपाठन भइरहेको समयमा छात्राहरु भूत आयो भन्दै कराएर बेहोश हुन थालेपछि विद्यालयले कक्षकोठामा नै चिकित्सक बोलाएर परिक्षण गरेको विद्यालयका प्रधानाधयापक कर्णबहादुर शाहीले बताए ।
कक्षाकोठामै छात्राहरु बेहोश हुन थालेपछि विद्यालयमा पुजापाठ समेत गरिएको उनले सुनाए । धादिङ र जाजरकोट जस्तै अन्य जिल्लाका विद्यार्थीहरुमा पनि समय समयमा विद्यालर्थीहरुमा एकैपटक धेरै विद्यार्थी बेहोश हुने, कराउने चिच्याउने, रुख चढ्ने र बक्ने समस्या देखिने गरेको छ ।
के हो कन्भर्सन डिसअर्डर ?
यो समस्यालाई आम मानिसहरुले ‘मास हिस्टेरिया’ भनेर चिनेपनि चिकित्सकिय भाषामा यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ । यो तनाव सम्बन्धी रोग रहेको काठमाडौंको महारागञ्जमा रहेको कान्ती बाल अस्पतालकी मनोचिकित्सक डाक्टर जया रेग्मीले बताइन् ।
उनका अनुसार कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो । अत्याधिक तनावको कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन्छ । ‘मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्रछात्राहरु लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन’ डा. रेग्मीले लोकान्तरसँग भनिन् । शारीरिक र मानसिक रुपले वृद्धिविकास हुने उमेर समुहका युवायुवतीहरुमा यो समस्या देखिने गरेको छ ।
‘समान्य किसिमको तनाव सबै मानिसलाई हुन्छ । आफुलाई आइपर्ने समस्याको समाधान गर्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दा वा त्यसलाई सहन नसक्ने र अरूलाई पनि व्यक्त गर्न नसक्दा युवायुवतिहरुलाई कन्भर्सन डिसअर्डर हुने गर्छ,’ डा.रेग्मीले लोकान्तरसँग भनिन् ।
छात्राहरुमा बढी समस्या
कन्भर्सन डिसअर्डरको लक्षणहरु सबैमा उस्तै नहुने र एउटा विरामीलाई एउटा किसिमको मात्रै लक्षण देखिने चिकित्सकहरु बताउछन् । यो समस्या छात्रा छात्र दुवैमा देखिन सक्ने भएपनि धेरैजस्तो युवतिहरुमा मात्रै देखिने गरेको छ । डा.रेग्मीका अनुसार महिनावारीको समस्या, हर्मोन परिवर्तनको कारणले पनि छात्राहरुमा यो समस्या बढि देखिएको हो ।
‘समाजमा महिलाहरुलाई हेर्न दृष्टिकोणमा अझै पनि परिवर्तन आइसकेको छैन । महिलाहरु सानै देखि समाजिक परिवन्धमा हुर्किएका हुन्छन् त्यसैले उनीहरुको दिमागमा एक किसिमको डर र त्रासले बास लिएको हुन्छ ।
अर्को कुरा महिनावारीको समयमा दिक्क लाग्ने, पेट दुख्ने समस्या हुन्छ’ डा.रेग्मीले लोकान्तरसँग भनिन्, ‘यस्तो अवस्थामा उनीहरलाई केही समस्या भएमा आफुसँग समाधानको उपाय नभएमा र अरुलाई भन्ने वातावरण पाएनन् भने आफ्नो समस्यालाई मन भित्रै गुम्साउछन् । उसको मनले कन्ट्रोल गरेसम्म केही समस्या देखिदैन । यदि यसलाई कन्ट्रोल गर्न नसक्दा कन्भर्सन डिसअर्डरकोलक्षणहरु बाहिर आउँन थाल्छ ।’
यो रोग महिनावारीसँग सम्बन्धित रोग भने नभएको उनको भनाइ छ ।
प्रया छात्रछात्राहरुमा विद्यालयमा भएको समयमा कन्भर्सन डिसअर्डरको समस्या देखिने गरको छ । समस्या देखिएपछि विद्यालयले कक्षकोठाभित्रै लाइन लगाएर विद्यार्थीको हेरविचार गर्ने गरेको छ । यस्ता रोग भएका विरामीलाई एक्लै राखेर उपचार गर्नुपर्ने डा. रेग्मी बताछिन् ।
‘सबै विद्यार्थीलाई एउटै कोठामा राख्दा उनीहरुको डर र मानसिक तनाव कम हुन सक्दैन । साथै अन्य विद्यार्थीहरुलाई पनि विरामी विद्यार्थीसँग राख्दा त्यहि लक्षणको सम्भावना भएको विद्यार्थी छ भने उलाई पनि लक्षणहरु देखिन सुरु हुन्छ’ डा रेग्मीले भनिन् ।
डा. रेग्मीका अनुसार कन्भर्सन डिसअर्डरको उपचार मानसिक तनावलाई कम गर्नु नै हो । उनले भनिन, ‘कन्भर्सन डिसअर्डर भएमा विद्यालयमा अन्य विद्यार्थी र शिक्षकहरु पनि डराउने गर्छन् जसको कारण रोगले ठूलोरुप देखिने गरेको छ । यो रोग क्षणिक मात्रै लक्षण देखिने र अन्य कुनै दिर्घकालिन असर भने छैन’ तर समस्यालाई लुकाउँदै गयो भने यसको अन्य नकारात्मक प्रभाव पर्ने गर्छ ।
कन्भर्सन डिसअर्डर भएका विरामीको उपचार यसरी गर्नुपर्छ :
सामान्य रोगको उपचार गर्न काठमाडौंमा !
कान्ति बाल अस्पतालमा टाढाटाढाबाट कन्भर्सन डिसअर्डरको विरामी आउँने गरेको उनले सुनाइन् ।
‘यो सामान्य किसिमको रोग हो । आराम गरेर तनाव नियन्त्रण गरेमा निको हुने भएपनि तर यो रोगको चेतनाको अभावमा धेरै रकम खर्च गरेर काठमाडौं सम्म उपचारको लागि आउँनेहरु पनि छन् ।’ डा. रेग्मीले भनिन् ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...