×

NIC ASIA

सरकार र नर्सिङ संघबीच ११ बुँदे सहमति, आन्दोलन स्थगित (सहमतिपत्रसहित)

माघ ४, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं,४ माघ– सरकारसँग ११ बुँदे सहमति भएपछि  नेपाल नर्सिङ संघको ९ दिन लामो आन्दोलन स्थगित भएको छ  ।  बिहिबार भएको वार्तामा सरकार र नर्सिङ संघबीच ११ बुँदे समझदारी भएसँगै आन्दोलन स्थगित भएको हो । 

Muktinath Bank

स्वास्थ्य मन्त्रालयका  विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयले बनाएको वार्ता समिति र नेपाल  नर्सिङ संघका पदाधिकारी बीच आठ घण्टा लामो वार्तापछि ११ बुँदे सहमति भएको  संघकी सदस्य दुुर्गा सापकोटाले लोकान्तरलाई बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनकाअनसार मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्स त्रजिता जति, सजना द्यौलालाई ७५ प्रतिशत तलब  उपलव्ध गराउने र थप तीन महिनाको लागि करार थप्ने व्यवस्था मिलाउन  मन्त्रालयले निर्देशन दिने सहमति भएको छ । 
यस्तै  सरकारी र निजीमा हुने गरेको पारिश्रमिकमा विभेद हटाउन पहल गर्ने, संघीय तथा प्रदेश मन्त्रालयमा नर्सिङ सेवा महाशाखा स्थापना गर्न मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयमा लेखिपठाउने सहमति पनि भएको छ  । 


Advertisment
Nabil box
Kumari

यसैगरी  दुर्गम क्षेत्रमा काम गर्ने नर्सहरुलाई स्वास्थ्य संस्थाको परिसर नजिकमा सुरक्षित आवासको प्रवन्ध गर्ने पनि सहमति पत्रमा उल्लेख छ । यस्तै  भौगोलिक वर्गीकरणलाई पुनरावलोकन गरी वैज्ञानिक बनाउन र बर्गीकरणको

Vianet communication

आधारमा ५० देखि २०० प्रतिशतसम्म हुने गरी कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन सिफारिश गर्ने, नर्सहरुको बृद्धिविकास र बढुवामा स्पष्ट मापदण्ड बनाउने, लगायतका सहमति पनि भएका छन् । 
स्वास्थ्य मन्त्रालय र नर्सहरु बीच भइरहेको छलफल सकारात्मक रहेको सापकोटाले बताइन् ।

नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरुले ९ दिनअघिदेखि ११ बुँदे माग अघि सार्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका थिए ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गर्नुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स र बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने,सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि उपलब्ध गराइनुपर्ने लगायतका माग राख्दै नर्सहरु आन्दोलित भएका थिए । 

यस्तो छ सहमतिपत्र 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x