×

NIC ASIA

होलीको रंग आँखामा परे गुम्नसक्छ दृष्टि, बच्न यस्ता छन् डा. सैंजुका सुझाव

फागुन १७, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ फागुन- आज होली पर्व । तपाईं बिहानैदेखि रंग र लोला लिएर साथीभाइसँग रमाउँदै हुनुहुन्छ होला । होलीमा विशेषगरी रंग एकआपसमा दलेर रमाइलो गरिन्छ ।

Muktinath Bank

होलीमा जथाभावी रंग खेल्दा आँखामा पर्ने सम्भावना हुन्छ । त्यसैले होली खेल्दा आँखाको सुरक्षामा विषेश ध्यान दिनुपर्ने तिलगंगा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. रोहित सैंजुले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लोकान्तरसँग भने, ‘होलीमा प्रयोग हुने रंगहरू प्राकृतिक छैनन् । यसमा विभिन्न किसिमका केमिकलहरु मिसाइएका छन् । जसले  आँखामा एलर्जीदेखि दृष्टि गुम्ने खतरासमेत हुनसक्छ ।’


Advertisment
Nabil box
Kumari

डा. सैंजुका अनुसार आँखामा रंग पर्दा यस्तो असर गर्छ-

Vianet communication

आँखा बिझाउने समस्या हुन्छ ।
आँखा पोल्छ ।
आँसु बगिरहन सक्छ ।
आँखा हेर्न गाह्रो हुन्छ ।
आँखाको पानी धमिलो हुन्छ ।
रंगको असरले दृष्टि गुम्नेसमेत खतरा हुन्छ ।

आँखामा रंगको असर पर्ने डरले होली खेल्नै नहुने भने होइन । आँखालाई सुरक्षा दिएर होलीमा रमाउन सकिने डा. सैंजुको भनाइ छ । ‘आँखालाई असर गर्छ भनेर होली नै नखेल्नु भनेको होइन । आँखालाई सुरक्षा हुनेगरी सजग भएर होली खेल्न सकिन्छ ।

त्यसका लागि आँखामा चम्मा लगाउँदा पनि होलीको रंग तथा लोला आँखामा पर्ने सम्भावना हुँदैन,’ उनले भने, ‘आँखा जोगाएर होली खेल्दा पनि झुक्किएर आँखामा रंग पर्न सक्छ । यस्तो अवस्थामा आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ ।

आँखामा रंग परिहाले के गर्ने के नगर्ने ?

आँखामा रंग परेमा तुरुन्तै सफा पानीले पखाल्नुुपर्छ । 
आँखा मिच्नु हुँदैन ।
सफा पानीले आँखालाई ५ देखि १० मिनेटसम्म निरन्तर पखाल्नुपर्छ ।
१० मिनेटसम्म आँखा पखाल्दा पनि बिझाएमा नजिकैको स्वास्थ्य संस्था वा आँखा केन्द्रमा उपचार गराउन जानुपर्छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x