×

NIC ASIA

विराट गोल्डकप : तामझामका साथ शुरु, मोरङ- ११ क्वाटर फाइनलमा

चैत १८, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, १८ चैत– मोफसलमै पहिलो पटक फ्ड लाइटबाट विराट गोल्डकप प्रतियोगिता शुरु भएको छ । शनिबारको उद्घाटन खेलमा आयोजकले पाहुना टोली थिम्पु फुटवल क्लब भुटानलाई हराएको छ । 

Muktinath Bank

प्रतियोगितामा मोरङ– ११ ले थिम्पु एपसीलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा पुगेको हो । भुवन बस्नेत र निशान लिम्बुको गोल नै मोरङ ११ को जितको आधार बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ लाख ७१ हजार राशीको प्रतियोगिताको उद्घाटन खेल भब्य गरिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच मोरङ ११ का निशान लिम्बु भएका छन्  । लिम्बुले नगद १० हजार प्राप्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको घोषणा
गोल्डकपको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गोल्डकपलाई प्रदेशकै उत्कृष्ट गोल्ड कप बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले दिवा रात्री प्रतियोगिताको रुपमा विराटनगरबाट शुरु भएको अभियानलाई स्थायित्वको लागि प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरे । 

Vianet communication

विराट गोल्डकपका लागि विराटनगर स्थित  शहीद रंगशालामा स्थायी रात्री वत्ति  जडान गर्न सहयोग  गर्ने उद्घोष गरे । गोल्डकप आयोजक समितिले अस्थायी फ्लड लाईट जडान गरेर पहिलो पटक डे नाईट  प्रतियोगिता आयोजना गरेको हो । 

एक नम्बर  प्रदेशकका समाजिक विकास मन्त्री जीवन घिमिरेले ऐतिहासिक विराट गोल्डकपलाई नमूना गोल्डकप बनाउनका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले हरेक वर्ष प्रदेशका उत्कृष्ट खेलाडीलाई सरकारले सम्मान गर्ने नीति बनाइरहेकोले  गोल्डकपका खेलाडीहरुलाई उत्कृष्ट बन्न आग्रह गरे ।


विद्यार्थीको प्रदर्शन 
उद्घाटन सत्रमा विभिन्न विद्यालयका १२ वर्ष मुनिका ५० जना बाल खेलाडीहरुले फुटबल खेल प्रर्दशन गरेर सबैलाई रोमाञ्चित बनाए । उद्घाटनलाई भव्य बनाउन  गायक सुमित खडकाले गोल्कपको गीत प्रस्तुत गरे । भने  नागी डान्स सेन्टरका कलाकारहरुले देशभक्त्ति गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

उद्घाटनमा फिफा, एन्फा र नेपालको झण्डा र बेलुन  उडाइएको थियो । खेल शुरु हुनै लाग्दा अन्तराष्ट्रिय खेलको झल्को दिने गरि आतिसवाजी गराइएको थियो । आकाश नै रंङ्गीने गरी भएको आतिवाजीले दर्शलाई हौस्याएको थियो । 


उद्घाटनमा तामझाम
चारैतिर झिलीमिली उज्यालोका बीच प्रतियोगिता शुरु भयो । दिउँसो हो या राती दर्शकलाई कुनै प्रवाह नै थिएन । यही बीचमा  शुरु भयो विराटनगरको मुटुमा रहेको सहिद रंगशालामा विराट गोल्डकप ।

दिउँसो ४ बजेदेखि नै शुरु गरेर ५ बजेदेखि प्रतियोगिता शुरु गर्ने आयोजकको तयारी भएपनि मुख्यमन्त्री लगायतका पाहुनाहरु आउन ढिला हुँदा कार्यक्रम दुईघण्टा ढिला गरि शुरु भयो ।  रात पर्दै जाँदा कसरी खेल होला भन्ने दर्शकलाई निक्कै उत्साह थियो । 

त्यसैले पनि उद्घाटन खेलमा नै दर्शकको थामि नसक्नु भिड थियो । मोफसलमा पहिलो पटक फ्लड नाईटको माध्यामबाट आयोजना गरिएको डेनाईट फुटवल प्रतियोगितामा दर्शको ध्यान तानिएको हो ।

काठमाण्डौको दशरथ रंगशालामा बन्द भइसकेको रात्री खेलकुद प्रतियोगिता विराटनगरले शुरु गर्नु विराटनगरको लागि खुसीको कुरा भएको आयोजक समितिका उपाध्यक्ष सन्तोष बानियाँले बताए । आयोजक मोरङ ११ र भुटानको थिम्पु फुटवल क्लबको खेल हेर्नको लागि दर्शको भिड लागेको थियो । 

फिफा, एन्फा र नेपालको झण्डा र बेलुन उडाएसँगै खेल शुरु हुनै लाग्दा अन्तराष्ट्रिय खेलको झल्को दिने गरि विराटगोल्डकपमा आतिसवाजी गरिएको छ ।  आकाश नै रंङ्गिने गरि भएको आतिवाजीले दर्शलाई हौस्याएको छ  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x