×

NMB BANK
NIC ASIA

क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीले पाएनन् मासिक भत्ता, अस्पतालमा फाइलको चाङ

चैत २२, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ चैत- गोरखाकी वसन्ता लामिछाने न्यौपाने दुवै मिर्गौलामा समस्या भएर २०७१ सालदेखि उपचारत छिन् । उनका श्रीमान् नारायणप्रसाद न्यौपानेले वसन्ताको उपचारका लागि ६ लाखभन्दा बढी खर्च गरिसकेका छन् ।

Muktinath Bank

मंगलवार वीर अस्पतालको सामाजिक इकाइमा भेटिएका न्यौपानेले आफ्नो श्रीमतीको दुवै मिर्गौला फेल भएको र हरेक महिना अस्पतालमा उपचारको लागि धाउने गरेको सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो श्रीमती वसन्ता लामिछानेको दुवै मिर्गौला फेल भएकोले २० प्रतिशत मात्रै काम गर्ने भएको डाक्टरले भन्नुभएको छ  । हरेक महिना अस्पतालमा परीक्षण गरिरहनु पर्छ, जसका लागि हरेक पाँच हजारको औषधि र स्वास्थ्य परीक्षणका लागि पाँच हजार खर्च हुने गरेको छ ।’ न्यौपानेले विपन्न नागरिकलाई मासिक ५ हजार भत्ता दिन्छ भन्ने सुनेर उक्त विषयमा बुझ्न आएको बताए ।


Advertisment
Nabil box
Kumari

वीर अस्पतालको चौथो तलामा रहेको समाजिक इकाइमा बिरामीको दैनिक भिड लाग्ने गरेको छ । अघिल्लो सरकारले गत माघदेखि मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता वितरण शुरु गरेको थियो ।

Vianet communication

गत पुस १३ गतेको मन्त्रिपरिषद्को बैठकले मिर्गौलाफेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय गर्‍यो ।

मन्त्रिपरीषद्को निर्णय अनुरूप स्वास्थ्यमन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरमा औपचारिक कार्यक्रमको आयोजना नै गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ट्रमा सेन्टरमा उपचारत स्पाइनल इञ्जुरीका बिरामी र वीर अस्पतालमा उपचारत मिर्गौला र क्यान्सरका २६ जना बिरामीलाई पाँच हजारको चेक प्रदान गरियो । अघिल्लो सरकारको निर्णय अनुरूप बिरामीहरू भत्ता पाउने आशामा आवश्यक कागजात संकलन गरी सम्बन्धित निकायमा धाउने गरेका छन् ।

सरकारले वितरण गरेको जीविकोपार्जन भत्ता दिन माग गर्दै वीर अस्पतालमा रहेको  समाजिक इकाइमा मिर्गौला र क्यान्सरका बिरामीहरूको भीड लागेको छ । माघ महिनामा भत्ता पाएका तथा अस्पतालमा उपचार गराइरहेका बिरामीहरू दैनिक सामाजिक इकाइमा पुगेर भत्ता कहिले पाइन्छ भन्दै सोध्ने गर्छन् ।

हालसम्म ४ सय भन्दा बढी मिर्गौला र क्यान्सरका बिरामीले जीविकोपार्जन भत्ता पाउनुपर्ने भन्दै निवेदन दिएको वीर अस्पतालको सामाजिक इकाइका प्रमुख टीकाराम पनेरुले जानकारी दिए ।

उनले लोकान्तरसँग भने, ‘दैनिक १०/१५ जना बिरामीहरू जीविकोपार्जन भत्ता पाउनुपर्‍यो भनेर आउनुहुन्छ । हामीले एकसय जना बिरामीको नाम पहिचान गरेर स्वास्थ्य सेवा विभागमा पठाइसकेका छौं । अहिले यहाँ तीन सयभन्दा बढी फाइलहरू जम्मा भइसकेको छ ।’

स्वास्थ्य सेवा विभागले जीविकोपार्जन भत्ताको कार्यक्रम सञ्चालनका लागि बिरामीको विवरण संकलन गर्न निर्देशन दिएपनि बिरामीहरूलाई भत्ता बापतको रकम भने नपठाएको जानकारी दिए ।

‘गत माघ १३ गते प्रधानमन्त्रीले वितरण गर्नुभएको रकम पनि हाम्रो आन्तरिक बजेटबाट प्रदान गरिएको हो । सरकारले त्यो पैसा पनि अहिलेसम्म दिएको छैन,’ उनले भने, ‘चार सयभन्दा बढी बिरामीको नाम दर्ता भइसकेको छ । यसअघि स्वास्थ्य सेवा विभागमा पठाएको बिरामीको रकम आएपछि मात्रै अरु बिरामीहरूको फाइल यहाँबाट पठाउँछौं ।’

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका वरिष्ठ अहेब प्रकाश घिमिरेले अस्पतालहरूलाई जीविकोपार्जन भत्ता नपठाएको जानकारी दिए ।

‘अघिल्लो सरकार रहँदा नै जीविकोपार्जन भत्ता वितरणका लागि अर्थ मन्त्रालय बाट १२ करोड रकम निकासा भएको थियो ।

मिर्गौला, क्यान्सर र इन्पाइनल इञ्जुरीका बिरामीलाई रकम दिने कार्यविधि भए पनि अर्थ मन्त्रालयले पठाएको बजेटमा मिर्गौला रोग छुटेपछि रकम वितरण गरिएको थिएन,’ घिमिरेले भने, ‘नयाँ सरकारले पुराना सरकारले गरेको निर्णयलाई पुनर्विचार गर्ने भनेको छ । त्यसैले अहिले हामीले बिरामीको विवरण संकलन मात्रै गरेका छौं । रकम दिएका छैनौं ।’

स्वास्थ्य सेवा विभागमा माग र फागुन महिनामा १९ वटा अस्पतालहरूले बिरामीका विवरण समेत पठाइसेका छन् । अस्पतालहरूले पठाएको विवरणमा ५ सय ६७ जना क्यान्सरका, ४ सय ४६ जना मिर्गौला र ५६ वटा स्पाइनल इन्जुरीका बिरामीको विवरण प्राप्त भएको घिमिरेले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x