×

NMB BANK
NIC ASIA

बहसमा प्रधानमन्त्रीको भारत भ्रमण

मोदी दबाबमा छन्, उनले फकाउन प्रयास गर्छन्, ओलीले भाउ खोज्लान् : सीके लाल [अन्तर्वार्ता]

चैत २३, २०७४

NTC
Premier Steels

भारतको तीनदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार नयाँ दिल्ली पुगेका छन् । मध्याह्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरे । ओलीले शनिवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् ।

Muktinath Bank

भर्खरै बनेको शक्तिशाली सरकारका प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे वरिष्ठ राजनीतिक विश्लेषक सीके लालसँग लोकान्तर प्रतिनिधि अजय अनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी नियालिरहनुभएको छ ?


Advertisment
Nabil box
Kumari

अब के गर्ने, कसो गर्ने भन्ने कुरा राजनीतिकर्मीहरूलाई फुर्न सकिरहेको छैन । एक त देशमा गणतन्त्र आयो, त्यसमाथि फेरि संघीयता; त्यसैले कसरी अघि बढ्ने भन्नेमा उनीहरू अन्योलमा छन् । १६ बुँदे षड्यन्त्रमार्फत् संघीयता समाप्त पार्ने खेल त भएकै थियो, तर अदालतको हस्तक्षेपका कारण संघीयता ल्याउनुपर्‍यो । संघीयता त ल्याइयो, तर के गर्ने भन्ने कुरा राजनीतिकर्मीहरूले सोच्न सकेका छैन । स्थानीय सरकार र राज्यले समेत कहाँबाट काम शुरु गर्ने भन्ने भेउ पाउन सकिरहेका छैनन् ।

Vianet communication

संविधानको एउटा धारामा एउटा कुरा छ, त्यही विषयमा अर्को धारामा अर्कै कुरा छ । त्यसैले स्थानीय र प्रान्तीय सरकार कसरी अगाडि बढ्ने भन्ने कुराका लागि जे कानून बन्नुपर्ने थियो त्यो बनिसकेको छैन । फेरि स्रोतको पनि अभाव छ । त्यसैले तीनवटै तहका सरकारहरू आफैँमा अलमलमा परेका छन्, आत्तिएका छन्, हडबडाएका छन् ।

राजनीतिक दृष्टिकोणले राष्ट्रिय दल (पहाडी दल)लाई लागेको छ कि आफ्नो बर्चस्व स्थापित भयो । संघीय सरकारमा दुई तिहाइ कायम भयो । प्रान्तीय सरकारहरूमा प्रदेश नं.२ बाहेक सबै प्रदेशमा पनि दुई तिहाइको सरकार छ । प्रदेश नं. २ मा पनि उनीहरूको सम्मानजनक स्थिति छ । त्यसैले उनीहरूमा एउटा दम्भ आएको छ, जे गर्दा पनि हुन्छ ।

मधेसकेन्द्रित भनिएका दलहरू पनि अब मधेसवादी रहेनन् । किनभने तिनीहरूले आफ्नो पार्टीको नामबाट मधेस शब्द हटाइसकेका छन् । तिनीहरूमा आत्मविश्वासको कमी छ । आन्दोलनमा गयौँ, तर सफलतासम्म पुर्‍याउन सकिएन भन्ने कुराको निराशा देखिएको छ । आन्दोलनको पहिलो मोर्चामा हार्‍र्यौं, दोस्रो मोर्चा स्थानीय सरकार, तेस्रो मोर्चा प्रान्तीय निर्वाचन र चौथो मोर्चा प्रतिनिधिसभाको निर्वाचनमासमेत अपेक्षित परिणाम हासिल हुन सकेन । पाँचौं मोर्चा भनेको अन्तर्राष्ट्रिय सम्बन्ध, जो कि उनीहरूलाई लागिरहेको थियो भारत र पश्चिमाले समर्थन गर्लान्, तर गरेनन् । जनताको समर्थन भए पनि अन्तर्राष्ट्रिय समर्थन नभएपछि निराशाजनक भाव तिनीहरूमा देखिएको छ । जे छ त्यसैमा सन्तोष गरौं भन्ने कुरामा उनीहरू देखिएका छन् । त्यसैले राष्ट्रिय राजनीतिमा अहिले एउटा ठहराव देखिएको छ, एकातर्फ विजयी पक्ष विजयको उन्मादमा छ, अर्कोतर्फ पराजित पक्ष आफ्नै घाउलाई आफैंले चाटेर ठीक पार्ने कोसिस गरिरहेको छ ।

पछिल्लो केही वर्षयता भारतसँग तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा छन्, यो भ्रमणले दुई देशबीचको सम्बन्धमा कस्तो प्रभाव पार्ला ?

कुटनीतिमा दोस्ती र दुश्मनी स्थायी हुँदैन । अंग्रेजीमा भन्छन्, ‘नो पर्मानेन्ट फ्रेन्ड्स एण्ड इनिमिज्, वन्ली इन्ट्रेस्ट्स आर पर्मानेन्ट’ । अभिरुचि मात्र स्थायी हुन्छन् । चीन र अमेरिकाको कुरा मिलिरहेको थिएन, तर नेक्सन बेइजिङ्ग गएर माओसँग भेटेर सम्बन्ध सुधार भयो जब सोभियत संघलाई नियन्त्रण गरेर राख्नुपर्छ भन्ने कुरा आयो । त्यस्तै ओलीजी र मोदीजीबीच विगतमा कुरा मिलिरहेको थिएन भने यो पनि सधैँ यस्तै रहन्छ भन्ने कुरा हुँदैन । दुवै जना आ–आफ्नो देशका प्रधानमन्त्री हुन् । आ–आफ्नो हित सोच्ने काम गर्नेछन् । दुवै स्वार्थबीच लेनदेनको सम्भावना कायम रहन्छ ।

दबाब अहिले मोदीजी माथि छ । ओलीजी तीन चौथाइ बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्रीका रूपमा दिल्ली पुग्नुभएको छ । नेपालमा ओलीजीको एकमना सरकार छ । एउटा यस्तो संविधान बनेको छ जसलाई लगभग उहाँले नै लेखाउनुभएको छ । नेपालमा एउटा स्थायी सत्ताको यस्तो संयन्त्र छ, जसले ओलीजीलाई देउता ठान्दछ, त्यसैले ओलीजी बलियो अवस्थामा हुनुहुन्छ । अर्कातर्फ मोदिजी अत्यन्तै दबाबमा हुनुहुन्छ । परराष्ट्र नीतिमा चीनबाट डोक्लममा मुड्की खाएपछि चीनबाट पनि दबाब छ । पाकिस्तानबाट पनि त्यत्तिकै दबाब छ । पाकिस्तानको पछाडि चीनको आर्थिक शक्ति छ । 

एउटा सानो देश माल्दिभ्समा पनि मोदिजीको परराष्ट्रनीति असफल भएको छ । श्रीलंका, बंगलादेश, नेपाललगायतका छिमेकी मुलुकमा मोदीजी असफल सावित हुनुभएको छ । मनमोहनसिंह सरकारको समयमा जस्तो अमेरिकासंगको सम्बन्ध पनि कायम राख्न सकिएको छैन । ब्रेक्जिटका कारण बेलायतसंग पनि सम्बन्ध खराब छ । त्यसैले अहिलेको परिस्थितिमा मोदिजी एकदमै कमजोर हुनुहुन्छ ।

देशको आकारले हुँदैन । अन्तर्राष्ट्रिय परिस्थिति कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्छ । अहिले ओलिजीको हात माथि छ भने मोदिजीको हात तल परेको छ । यस्तो मौकाको फाइदा उठाएर ओलीजीले पुष्पकमल दाहालजस्तै चीनको भ्रमण पनि पहिले गर्न सक्नुहुन्थ्यो, उहाँ जानेरै पहिले भारत जानुभएको छ ।

नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतको नै किन गर्छन् ?

यदि पहिला भारत जाँदा नेपालको हित हुन्छ भने त्यसमा के खराबी छ र ? नेपालको ९० प्रतिशत सम्बन्ध त भारतसंगै छ । सांस्कृतिक, आर्थिक, राजनीतिकलगायत थुप्रै सम्बन्ध नेपाल–भारतबीच रहँदै आएको छ । त्यसैले त्यता जानुपर्ने एक किसिमको परम्परा नै बनिसकेको छ ।

ओली र मोदीबीचको भेटमा केही नयाँ कुरा हुने सम्भावना देख्नुभएको छ ?

अहिले दिल्लीमा मोदीजीले ओलीजीलाई खुशी बनाउन हरसम्भव प्रयत्न गर्नुहुनेछ । त्यस्तो अवस्थामा ओलीजीले पनि आफ्नो भाव देखाउनुहुन्छ । एकातर्फ फकाउने र अर्कोतर्फ आफ्नो भाउ बढाउने खेल चल्दा दिल्लीमा केही नयाँ भइहाल्छ भन्नेजस्तो मलाई लाग्दैन । मात्र औपचारिक भ्रमण हो । नेपालका सरकार प्रमुखको औपचारिक भारत भ्रमणको कोटा पूरा हुन्छ । त्यसभन्दा बढी केही हुँदैन ।

पाकिस्तानी प्रधानमन्त्रीले केही समयअघि नेपालको भ्रमण गरिसक्नुभएको छ, त्यसले नेपाल–भारत सम्बन्धमा कुनै असर पार्ला ?

तटस्थ रूपले हेरौं । अन्तर्राष्ट्रिय समुदायलाई राम्ररी थाहा छ, कमजोर राष्ट्रहरू एकअर्कासंग सम्बन्ध राख्न खोज्छन् । पाकिस्तानी प्रधानमन्त्री नेपालको हितभन्दा पनि पाकिस्तानको हितका लागि नेपाल आउनुभएको हो । पाकिस्तान अन्तर्राष्ट्रियरूपमा एक्लिँदै गएको छ । ऊ मात्र चीनमाथि निर्भर छ । चीनबाहेक अन्य छिमेकीसँग पनि पाकिस्तानको सम्बन्ध सुमधुर छ भन्ने देखाउन उनी नेपाल आएका हुन् ।

दोस्रो कुरा, सार्कको बैठक स्थगित छ, त्यो पनि भारतका कारण । नेपालपछि पाकिस्तानकै अध्यक्षताको समय हो । उसले यदि कुनै पनि हिसाबले सार्कको बैठक गर्न सक्यो भने पाकिस्तानको उचाइ बढ्छ, अन्तर्राष्ट्रिय स्वीकार्यता बढ्छ । नेपालको पनि यसमा स्वार्थ थियो । पाकिस्तानी प्रधानमन्त्रीलाई बोलाएको त होइन, आइसकेपछि नोक्सानी पनि केही छैन ।

भारतबाट जे जति सम्बन्ध नेपालको बिग्रर्नु थियो त्यो बिग्रिसक्यो । यसभन्दा बढी बिग्रने सम्भावना नै छैन । बिग्रिने हो भने पनि भारतको बिग्रिन्छ, नेपालको केही बिग्रिँदैन । फाइदा के हो भने नेपालको पनि महत्त्व बढ्छ । स्थगित सार्कको बैठक गराउनसक्यो भने नेपाल आफ्नो परराष्ट्रनीतिको निर्णय आफैँ गर्छ भन्ने छवि पनि बन्छ ।

भारतकै छायामा हमेसा रहँदैन भन्ने सन्देश पनि जान्छ र चीन पनि खुशी हुन्छ । अर्को कुरा नेपाली जनतामा पनि के सन्देश जान्छ भने, भारतले जे चाहन्छ त्यो मात्र हुँदैन नेपालमा, नेपालले चाहेकै हुन्छ । त्यसैले त्यो भ्रमणबाट नेपाल र पाकिस्तान दुवैलाई फाइदा नै भयो ।

नेपालमा भारतका केही स्थायी स्वार्थ छन् भनिन्छ, के हुन् त्यस्ता स्वार्थहरू ?

भारतका केही स्थायी स्वार्थहरू छन् । यदि त्यसमा हमला भयो भने भारत सहेर बस्दैन । जस्तै भारतमा गोर्खाली सैनिक छ । भारतको राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षादेखि लिएर कारगील, कश्मीरजस्ता कुनै पनि युद्धमा आवश्यक परे गोर्खाली सैनिक नै जान्छन् । त्यसमा हस्तक्षेप भारतले मान्दैन ।

नेपालबाट कुनै आतंकवादी गतिविधि भारतमा भए त्यो उसलाई स्वीकार्य हुँदैन । एक हदसम्म अनधिकृत व्यापार भारतले सहेको छ । त्यो भन्दा अगाडि गए भारतले सहँदैन । नेपालमा विदेशी गतिविधि केही हदसम्म भारतले सहन्छ, नेपाल पूरै विदेशीको क्लाइन्ट स्टेट बनेको उसले स्वीकार्न सक्दैन । त्यसैगरी नेपालमा अस्थिरता होस्, आगो लागोस् भन्ने पनि उसको चाहना होइन ।

ती स्थायी स्वार्थसँगै नेपालमा भारतको परिवर्तनशील अस्थायी स्वार्थहरू पनि हुन्छन् । नेपालको सरकारले मेरो कुरा सुनोस्, माने धेरै राम्रो, नभए ठिकै छ । लेनदेन गरोस्, भन्ने उसको चाहना हुन्छ । यदि त्यो स्वार्थ पूरा भएन भने भारतले आफ्नो पूरा फोर्स लगाएर सरकारलाई हटाउनसम्म कोसिस गर्छ ।

मधेस आन्दोलनमा अन्य मित्रराष्ट्रसँगै भारतको पनि बलियो साथ थियो, अचानक किन पछाडि हट्यो ?

अन्तर्राष्ट्रिय समुदायको जतिसुकै कुरा गरे पनि नेपालको हकमा तीनवटा देशको कुरा मात्र सुनिन्छ । संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, जापान, जर्मनी, रुस लगायतकाले जे भने पनि यहाँ केही असर पर्दैन । केही वर्ष अघिसम्म बेलायतको असर हुन्थ्यो । तर अब त्यो पनि छैन । मुख्यरूपमा भारत, चीन र अमेरिकाको अभिरुचि के हो, त्यसले मात्र असर पार्छ ।

तेस्रो मधेस आन्दोलनमा भारतले मधेसीलाई रुखमा त चढायो, तर त्यो रुख जरैदेखि उखेलेर फालिदियो । भारत अहिले तत्काल कुनै परिवर्तनको पक्षमा छैन । भारतले बुझेको छ कि यो देश खस आर्यहरूको हो, उनीहरूलाई तर्साउनसम्म तर्साइयो, अब मिलेरै बस्नुपर्छ । त्यसैले मधेसी जनताले अधिकार पाओस् भन्ने कुरामा भारतको त्यति ठूलो रुचि अब छैन । चीनको हमेसा के चाहना रहन्छ भने, आफ्नो देशजस्तै अरु देशको पनि केन्द्र बलियो रहोस् । केन्द्र बलियो भए केन्द्रसँग लेनदेन सजिलो हुन्छ । त्यसैले चीन पनि मधेसीको पक्षमा छैन ।

अमेरिकाको कुरा गर्दा अमेरिकाको इच्छा के छ भने आफैंलाई डुबाउने गरी पानी नाकसम्म पुग्यो भने अर्कै कुरा, नत्र भने जे छ त्यसैलाई बनाएर राखौँ । जनआन्दोलनमा पनि शुरुमा अमेरिकाले त राजालाई नै समर्थन गरेको थियो । तर जब पानी नाकसम्म पुग्यो, तब मात्र गणतन्त्रलाई समर्थन गर्‍यो ।

पहिलो र दोस्रो मधेस आन्दोलनमा शुरुमा अमेरिका पनि केन्द्रीय सत्ताको पक्षमा थियो । जब जनउभार बढ्यो, माओवादीलाई सन्तुलनमा ल्याउनका लागि मधेसको उपयोगिता देख्यो, तब अमेरिकाले समर्थन गर्‍यो । अहिले अमेरिकाले के हेरिरहेको छ भने नेपालमा केन्द्र नै बलियो छ र त्यो नै मेरो पक्षमा छ भने मधेसीलाई किन समर्थन गर्नुपर्‍यो । अमेरिका त्यसै पनि अहिले आफैँलाई बलियो बनाउन प्रयासरत छ । त्यसैले अहिले ऊ कुनै पनि स्वायत्तताको पक्षमा छैन ।

त्यसो भए भारतले मधेसलाई किन उचाल्यो त ?

भारतले जहिले पनि काठमाडौंसँगको सम्बन्धमा दुईवटा नीति अख्तियार गर्छ, तर्साउने र फकाउने । सन् १९९० मा नेपाललाई थर्काउने आवश्यकता परेका बेला कांग्रेसलाई उचालेर केही कार्यक्रमहरू गराइदिने, सन् १९९० पछि कांग्रेस, एमाले, माओवादीलाई उचालेर आफ्नो स्वार्थ अनुरूप प्रयोग गर्ने । कतिपय अवस्थामा राजालाई समेत उचालेर आफ्नो उपयोगिता साध्ने काम भारतले गर्दै आएको थियो ।

शुरुमा थर्काउने र पछि नेपालबाट जे लिनुछ त्यो लिइसकेपछि छाडिदिने भारतको नीति रहँदै आएको छ । संयोग यस्तो पर्‍यो कि गणतन्त्रपछि उपयोगी अस्त्रको रूपमा मधेसी भेटियो । मधेसीको आफ्नो पीडा यथार्थ छ । मधेसले संघर्ष गर्न चाहेको कुरा पनि यथार्थ हो । दुवैको स्वार्थ मिलेपछि पहिलो र दोस्रो मधेस विद्रोह सफल पनि भयो ।

तेस्रो मधेस विद्रोहको समयमा के भयो भने भारतको आन्तरिक राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति, चीनको बढ्दो सक्रियताका कारण ऊ एक विन्दुसम्म मधेसको साथमा रह्यो । तर जब उसले देख्यो कि त्यो साथलाई तन्काउन गाह्रो भइरहेको छ, मधेसको उपयोगिता अब छैन, त्यसपछि ऊ ब्याक भयो ।

भारतको समर्थनमा बढी केन्द्रित हुनु मधेसको समस्या रह्यो । आफ्नो संगठनमा ध्यान पुर्‍याउन सकेन । आफ्नै बलमा आन्दोलन गर्ने आत्मविश्वासको कमीका कारण आन्दोलन असफल भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x