×

NMB BANK
NIC ASIA

टीका लगाउँदा दाजु-भाइलाई कस्तो मिठाइ खुवाउने ? धेरै गुलियोले पुर्‍याउँछ स्वास्थ्यमा हानी

कात्तिक २३, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं– यतिबेला नेपालीहरू दोस्रो महान चाड तिहारको माहोलमा रमाइरहेका छन् । तिहारको विशेष दिन भाइटीका हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ । 

Muktinath Bank

दशैंमा मासु खाएजस्तै तिहारमा मैदा तथा सोडा मिसाइएका गुलियो परिकारहरू, सेलरोटी, भाइमसला र फलफूल खाने चलन छ । धेरै चिल्लो र गुलियो मिसाइएका परिकारले मुटुरोग तथा उच्च रक्तचापको समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् । ‘तिहारमा धेरैजस्तो मैदा, सोडा हालेर रोटी र अन्य परिकारहरू बनाइन्छ, जसमा चिल्लो पदार्थ, सोडियम र कार्वोहाइडेट बढि हुन्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘यस्तो परिकारहरू धेरै मात्रामा खाए मोटोपन, उच्च रक्तचाप, मुटुसम्बन्धि रोग लाग्न सक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो शरीरलाई चाहिनेभन्दा बढि खानेकुरा खाएमा वान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या हुन सक्ने उनले बताए । मोटोपन, उच्च रक्तचाप, मुटुसम्बन्धि रोग लागेका र क्यान्सरका विरामीले गुलियो मिठाइ खानै नहुने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

बजारको मिठाइ नखानुस्
तिहारको समयमा बजारमा जेरी, पुरी, पेडालगायत विभिन्न थरिका मिठाइका परिकार पाइन्छन् । मिठाइलाई आर्कषक बनाउन व्यपारीहरूले विभिन्न रंगको प्रयोग गर्ने गरेका हुन्छन् । रंग पनि दुई किसिमका हुन्छन् । 

Vianet communication
Laxmi Bank

मिठाइमा हाल्ने छुट्टै किसिमको रंग हुन्छ । जसको सहि मात्रामा प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन । तर, व्यापारीहरूले प्रयोग गर्ने रंग गुणस्तर छ छैन सजिलै छुट्याउन सकिदैन ।  त्यसैले तिहारमा दाजुभाइको स्वास्थ्यलाई ख्याल गर्दै बजारको मिठाइ सकेसम्म प्रयोग नगर्न पोषण विद् उपाध्यायको सुझाव छ ।

‘दाजुभाइको सुस्वास्थ्य र दिर्घायुका लागि दिदीबहिनीले बजारका मिठाइ भन्दा पनि फलफूलमा जोड दिनुपर्छ,’ उपाध्याय भन्छन्, ‘स्वास्थकर खानाले तिहार रमाइलो पनि हुन्छ, स्वस्थ पनि भइन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x