×

NMB BANK
NIC ASIA

संगीतसँग प्रेम बस्यो, एउटी हेर्न गएको अर्कीसँग बिहे

कात्तिक २०, २०७४

NTC
Premier Steels

हर्कजीत फर्की आऊ हर्कजीत
फर्की आऊ
तिम्रो घरमा आज फेरि आगो बलेन

संगीतकार तथा गायक टीका भण्डारीले कुराकै सिलसिलामा यो गीत गुनगुनाए । युवापुस्ता विदेशिने पछिल्लो प्रवृत्तिलाई इंगित गर्दै गाइएको यो गीतले यतिबेलाको देशको मर्म बोलेको छ । पछिल्लो समय उच्चवर्गीय तथा मध्यमवर्गीय मात्र नभएर निम्नवर्गीय युवापुस्ता पनि विदेशिने प्रवृत्ति बढ्दो छ । उनीसँग कुरा गर्दा पृष्ठभूमिमा यो गीत सुनिन्थ्यो ।tika

संगीतले आफूलाई दिएको सबैभन्दा ठूलो योगदान भनेकै आत्मसन्तुष्टि बताउने गायक तथा संगीतकार टीका भण्डारी रेडियो नेपालका जागिरे हुन् ।

हेर आज सगरमाथा रोइरहेछ, वर्षातमा उनी रुझ्दा, सुन्दर रहेछ संसार, छाति भित्र ढुकढुकी छ, रंगियो सिउँदो, हाम्रो प्रेमको कथा, गोलि शिशाको , चिसो चिसो सुनकोशी, सुन ए धर्ति आकाश, कतार गएँ साउदी गएँ,लगायतका सयौं गीतमा संगीत दिएका भण्डारीले आफूलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाएका छन् ।

उनले गाएका आधुनिक गीत पनि उत्तिकै कर्णप्रिय छन् - छातीभित्र ढुकढुकी छ, यो माटोभरी हाम्रै रगत, जिन्दगित रैछ आधा घाम, कुनै दिन हाँसेर बिताएँ, जति टाढा भए पनि आदि उनको सुमधुर आवाजको प्रतिनिधित्व गर्ने गीतहरु हुन् ।

हाल रेडियो नेपालमा उप–निर्देशकका रूपमा कार्यरत भण्डारी गायक तथा संगीतकार मात्र होइनन् । उनी प्यारोडी गायनमा पनि उत्तिकै अगाडि छन् । देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमा स्टेज शोमा प्यारोडी गायकका रूपमा नाम बनाएका भण्डारी लामो समय अमेरिकामा बसोबास गरेपनि अब भने नेपालमै रमाउने योजनामा छन् ।

अहिलेसम्म लगभग पाँच सयको हाराहारीमा गीतमा संगीत दिएको बताउने भण्डारीले सयौं चलचित्र तथा आधुनिक गीतमा संगीत दिएका छन् । दुवै पक्ष सहज नभएपनि गीत गाउनुभन्दा संगीत रचना गर्नु केही हदसम्म गाह्रो भएको बताउँछन् भण्डारी ।

‘संगीतमा केही सैद्धान्तिक पक्ष पनि छन् । संगीत कल्पना हो,’ उनी भन्छन्, ‘त्यसैले संसारभर संगीतकारलाई रचयिता र गायकलाई प्रस्तोताका रूपमा हेरिन्छ ।’

संगीतमा नयाँ नयाँ स्वाद पस्किने लहर पहिलेदेखि नै आएपनि त्यो संगीत लामो समयसम्म रहिरहन्छ भन्ने लाग्दैन उनलाई । तर संगीतलाई दीर्घकालीन बनाउनुपर्छ । ‘जसरी हामीले ५० वर्षअघिका गीत खोजेर सुन्छौं, त्यस्तै नयाँ प्रयोगलाई पनि दर्शकले दीर्घकालीन रूपमा लिन्छन् कि लिँदैनन् भन्ने हो ।’

जीवन, धर्म, संस्कार, मूल्य र परम्परासँग पनि जोडिन्छ संगीतलाई ।

संगीतसँगसँगै विश्वका कैयांै देशको भ्रमण गरिसकेका भण्डारी विदेशमा गएपनि नेपालमै फर्केर आउनुपर्ने धारणा राख्छन् । पछिल्लो समय संगीत साथसाथै गायनमा पनि सक्रिय बनेका भण्डारीलाई अहिले आएर मात्र गीत गाउने रहर चलेको भने होइन ।

बालापनदेखि नै उनलाई गायक बन्ने सपनाले हौस्याउँथ्यो । उनको दिमागमा पहिलेदेखि गायक बन्ने रहरले चिमोटिरहेको थियो । ‘त्यतिबेला संगीत भनेको के भन्ने नै थाहा थिएन । गायक बन्ने सपना भने थियो,’ उनी सम्झन्छन् ।

चार वर्षको उमेरदेखि नै गीत गाउन थालेका भण्डारी प्रायः सधैं प्रथम हुन्थे । गीत गाएकैले स्कूलमा उनी सबैका प्यारो थिए । झापामै माध्यमिक विद्यालयस्तरमा भएको गायन प्रतियोगितामा पनि उनी प्रथम पनि भए ।
एसएलसीको परीक्षा दिएपछि उनी भारत हानिए संगीत पढ्न ।

त्यतिबेला संगीत पढ्न उनलाई घरबाट अनुमति थिएन । बुवाले स्वीकार्नुभएको थिएन । आमालाई सम्झाएपनि उहाँले अनकन गरिरहनुभएको थियो । ‘घरबाट नमानेपछि म भागेर संगीत पढ्न भारत गएँ,’ उनी थप्छन्, ‘त्यसबेला दशौं हजार नेपाली भारतमा पढ्नका लागि जान्थे ।’

एसएलसीको रिजल्ट नआउँदै भारतको बनारस गए उनी । भारतको गुप्ता संगीतालयमा संगीत सिक्ने सिलसिलामा भोयलिन, हार्मोनियम सँगसँगै भोकल पनि सिक्दै थिए । यता एसएलसीको रिजल्ट पनि आयो ।

उनी पास भएपछि औपचारिक पढाइलाई अगाडि बढाउन उनले बनारसमै आइएमा भर्ना भए । अर्कोतिर संगीतमा पनि उनी अब्बल थिए । ‘बनारसमा मलाई सबैले चिन्थे । नेपाली दर्शकमाझ हामीले विभिन्न कार्यक्रम गर्ने गर्थ्यौं ।’
दुई वर्षको अन्तरालमा उनले आफ्नो पहिचान बनाइसकेका थिए । उनको संगीत सुनेर मन्त्रमुग्ध हुन्थे श्रोताहरू ।

एकपटक बनारसको एक कार्यक्रममा उनले भोयलिन बजाइरहेका थिए । एउटी सानी फुच्ची दगुर्दै आएर उनले बजाइरहेको भोयलिन खोसिन् । अनि आफ्नै तालले बजाउन थालिन् । धुन त निस्कियो तर लय निस्किएन । उनी हाँस्दै सुनाउँछन्, ‘ती सानी नानी त मनीषा कोइराला पो रहिछन् ।’

त्यही घटनाले भण्डारीलाई कोइराला परिवारसँग चिनायो । सुशील कोइरालासँग पनि उनको चिनाजानी भयो । तर त्यतिबेला उनी चर्चित थिएनन् । झुस्स दाह्री पालेका बूढा भनेरै चिने सुशीललाई उनले त्यतिबेला ।

नेपालीहरूमाझ भारतमा उनी लोकप्रिय थिए । धेरैले उनलाई चिनेपनि उनी भने स्नातक पढ्न र आफ्नो बाँकी भविष्य नेपालमै खोज्नका लागि काठमाडौं आए । काठमाडौंको त्रिचन्द्र कलेजमा स्नातक पढ्न थाले । अर्कोतिर संगीतको राग पनि उनीसँगै कुदिरहेको थियो । नशा नशामा संगीत बगिरहेको थियो ।tika bhandari

काठमाडौंका विभिन्न क्याम्पसमा उनको समूहले प्रस्तुति दिने गर्थ्यो । एकदिन त्रिचन्द्र कलेजमै कार्यक्रम गर्ने मेसो मिल्यो । उनको संगीतको धुनलाई एक रेडियोकर्मीले खुबै ध्यान दिएर हेरेका रहेछन् । ती रेडियोकर्मीले रेडियो नेपालमा गएर नातिकाजी, तारादेवी लगायतका गायक तथा संगीतकारलाई उनको प्रशंसा सुनाए । भण्डारीलाई बोलाइयो रेडियो नेपालमा ।

‘रेडियो नेपालमा तारादेवीले गीत गाउनुभयो । मैले संगीतले साथ दिएँ,’ उनी त्यो स्मरणलाई सुनाउँछन्, ‘त्यही दिनदेखि मलाई टेक बेसिसमा जागिरमा राखियो ।’

के रैछ त टेक बेसिस ? संगीत बजाएको दिनको पैसा पाउने सिस्टम । उनलाई कसैले यो सुनाइदियो ।
त्यसपछि संगीतकै सिलसिलामा उनी रेडियो नेपालसँग पनि जोडिए । जिन्दगीको एउटा टर्निङ प्वाइन्ट त्यो पनि थियो कि भन्ने लाग्छ उनलाई ।

रेडियो नेपालको जागिरमा लामो समय बिताएका भण्डारीले २०५८ सालमा एमए भर्ना भए । स्नातकपछि लामो समयपछि अध्ययन गर्न थालेपनि उनले उत्कृष्ट नतिजासहित गोल्ड मेडल पनि जिते । ‘त्यतिबेला मैले दिनको आठ घण्टासम्म पढ्थें । राम्रो अंक ल्याउन धेरै दुःख गर्नुपरेको थियो ।’

उनी आफ्नो औंलामा पेनले पारिदिएको नमेटिने छाप देखाउँदै भन्छन्, ‘मैले यति लेख्थें कि, अहिले पनि रेडियो नेपालमा हुने आन्तरिक परीक्षामा लिखितमा जो कोहीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।’

तीन गोल्ड मेडल जितिसकेका भण्डारी सानैदेखि पुरस्कार पाइरहन्थे । संगीतले उनलाई चिनाउन मात्र भूमिका खेलेन । उनलाई उत्तिकै सम्मान र पुरस्कार पनि दियो । स्वरसम्राट् नारायणगोपालदेखि अहिलेको पुस्तासम्म निरन्तर संगत गरेका संगीतकार तथा गायक भण्डारी आफू साधनाले नै सफल भएको बताउँछन् ।

संगीतले उनलाई के दिएन ? अमेरिकाबाट उनलाई भ्रमणका लागि पत्र आयो । उनी आफूले पाएका गोल्ड मेडलको तस्वीरसहित दूतावास पुगे । दूतावासमा उनले एक महिनाको भिसाका लागि आग्रह गरे । उनी भन्छन्, ‘मैले एक महिनाको भिसा मागेको थिएँ । दूतावास प्रभावित भएर पाँच वर्षको मल्टिपल भिसा दियो’, उनी हाँस्दै सुनाउँछन् ।

भविष्यमा धेरै ठूला सपना नदेखेपनि सधै संगीतकै क्षेत्रका लागि केही योगदान दिन पाइयोस् भन्ने धारणा राख्छन् टीका । भन्छन्, ‘यो विश्वव्यापीकरणको युगमा कसैले विदेश जानुहुन्न भन्छ भने त्यो मूर्खता हो । गएर उतै हराउने मान्छे पनि मूर्ख हो ।’


र, प्रेम
उनले आफ्नो जिन्दगीमा सबैभन्दा धेरै संगीतलाई प्रेम गरे । संगीतप्रेमले नै उनलाई झापाबाट बनारस पु–यायो । बनारसपछि फेरि काठमाडौं ।

काठमाडौं आइसकेपछि केही समयमा उनको बिहेको कुरा चल्यो । सिक्किममा एक कार्यक्रममा भेट भएकी एक युवतीलाई उनले मन पराएका थिए । उनले आफैंले हार्मोनियम बजाएर गीत गाएकी थिइन् ।

‘राम्रो गाउँथिन् । सुन्दर थिइन्,’ उनी भन्छन्, ‘केटीसँग बिहेको कुरा गर्न दार्जिलिङ जाँदै थियौं । सिलगुडी पुगेपछि अर्की केटीको कुरा चल्यो । धेरै टाढा किन जान्ने भन्दै आफन्तले अर्की युवतीको फोटो देखाएपछि मैले पनि हेरौं न त भनें ।’

‘एउटीसँग बिहे गर्न भनेर गएको, अर्कीसँग पो बिहे गरेर आइयो त,’ उनी हाँस्दै सुनाउँछन् ।

तस्बिर : भण्डारीको फेसबुकबाट 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x