×

NMB BANK
NIC ASIA

प्रदेशसभा वार्षिक समीक्षा

नामाकरण र राजधानी तोक्न असफल, कानून निर्माणमा अब्बल

माघ २२, २०७५

NTC
Premier Steels

विराटनगर – १ नम्बर प्रदेश सभाको पहिलो बैठक बसेको माघ २२ गते मंगलवार १ वर्ष पूरा भएको छ ।

Muktinath Bank

२०७४ माघ २२ गते विराटनगरको वीरेन्द्र सभागृहमा ज्येष्ठ सदस्यका नाताले प्रदेश सभाका सदस्य ओमप्रकाश सरावगीले सबै प्रदेश सभाका सदस्यलाई सपथ गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सदस्यले सपथ गरेको झण्डै १० दिनपछि गत फागुन ३ गते प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री चयन भएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रदेशमै संसद र सरकार भएको बेला उपलब्धीमा ठूलै फड्को मार्ने आशा बोकेका नागरिकमा हालसम्म  खासै ठूलो प्रभाव देखिन नसकेको टिप्पणी हुँदै आएको छ । 

Vianet communication

नामाकरण र राजधानी तोक्न असफल

प्रदेश सभामा प्रतिनिधित्व गर्ने ९३ जना सांसदमध्ये नेपाली कांग्रेसका २१, संघीय समाजवादीका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जनाबाहेक  सबै नेकपाका छन् । प्रदेशमा नेकपाले जे चाह्यो, त्यो निर्णय क्षणभरमै पारित गरेर कार्यान्वयनमा लैजान सकिने अवस्था छ । तर नेकपा शक्तिशाली भएको प्रदेशमा हालसम्म कामले गति लिन नसकेको प्रतिपक्षले आरोप लगाइरहेको छ । 

तर प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले संसदले उत्कृष्ट काम गरेको दाबी गरे । उनले प्रदेशसभा सञ्चालन नियमावलीबाहेक २३ वटा विधेयक पारित भइसकेको बताए । ‘अन्य प्रदेशभन्दा हामी कानून निर्माणमा धेरै अगाडि छौं,’ सभामुख भण्डारीले भने, ‘हामीले प्रदेशको नामाकरण र राजधानीको विषय पनि टुंग्याउन सकेको भए प्रगति देखिन्थ्यो ।’

प्रदेश सभाले कानून मात्र बनाउने भएकाले आफू  कानून निर्माणमा सन्तुष्ट रहेको उनले जिकिर गरे । सभामुख भण्डारीले भने, ‘हाम्रो समयावधिलाई हेर्दा म आफू यो अवधिमा राम्रै काम गरेको छु भन्नेमा सन्तुष्ट छु ।’

सभामुख भण्डारीले प्रदेशको नाम, स्थायी राजधानी र संसदीय समितिलाई पूर्णता दिने काम गर्न नसकेको स्वीकार गरे । ‘प्रदेश सभाबाट नाम र राजधानी दिन सकेका छैनौं, समितिको सभापति छान्न सकेका छैनौं, यो कुरा म स्वीकार्छु,’ सभामुख भण्डारीले भने ।

सांसदको प्रतिक्रिया

पहिलो अधिवेशनबाट १ नम्बर प्रदेशको संसदले ११ विधेयक पारित गरेको थियो । संसदको दुवै अधिवेशनबाट प्रदेशसभा सञ्चालन नियमावलीसहित २४ वटा विधेयक पारित भएका छन् । बर्खे अधिवेशन १ सय ३० दिन चलेको थियो । जसमा ५२ बैठक ५८ पटक बसे । बैठक ६० घण्टा १५ मिनेट चलेको थियो । 

संघीय समाजवादी फोरमको संसदीय दलका नेता जयराम यादवले प्रदेश सभाको काम सन्तोषजनक मात्र भएको बताए । उनले उत्कृष्ट काम गर्न नसकेको आरोप लगाए । ‘अहिलेको कामको अवधिलाई सन्तोषजनक रुपमा लिने अवस्था हो,’ उनले भने, ‘कानून बनाउने कुरा जसरी बनेको छ, त्यो सकारात्मक हो ।’

तर प्रदेश सभाबाट संविधानमा उल्लेख भए अनुसार प्रदेशको नाम र राजधानी तोक्ने कुरामा प्रदेश सरकारले ध्यान दिन नसक्नु गम्भीर विषय भएको उनको आरोप छ ।

प्रदेशसभा सदस्य सावित्रा रेग्मीले प्रदेश सरकारबाट अहिलेसम्म पेश भएका नीति तथा बजेटमा सत्तापक्ष र प्रतिपक्ष भनेर कुनै विभाजन नआएको बताइन् । ‘सकारात्मक पक्षमा हेर्ने हो भने नीति तथा कार्यक्रममा सर्वसम्मत पारित भएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म प्रतिपक्षसँग विवाद नहुनु र सदन सुचारु हुनु नै सकारात्मक हो ।’

सदन अवरुद्ध

१ वर्षमा १ पटकबाहेक सदन अवरुद्ध भएको छैन । अन्य प्रदेशमा सदन अवरुद्ध भइरहेको कुरा आएपनि १ नम्बर प्रदेशमा त्यस्तो कुनै विरोधको रुपमा सदन अवरुद्ध भएन ।

नेपाली कांग्रेस महासमिति सदस्य सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेको भन्दै कांग्रेसले १ पटक सदन अवरुद्ध गरेकोबाहेक कुनै पनि दिन सदन अवरुद्ध नभएको सांसद रेग्मीले बताए ।

अबको तयारी

संसदमा केही विधेयक दर्ता भएको छन् भने   समितिमा केही विधेयक छलफलका लागि गएका छन् ।  खेलकुद विधेयक संघीय सरकारले नबनाउँदै प्रदेशमा पेश भएपछि बाँझिने आशंका गरिएको छ । खेलकुद विधेयक अब समितिमा जाने तयारीमा रहेको सभामुख भण्डारीले बताए ।

संशोधनका अरु ४ विधेयक पनि रहेको छन् भने प्रदेश सभामा सहकारी, विद्युत्, सुशासन र भवन विधेयक दर्ता भएका छन् । तीबाहेक अरु ६ वटा विधेयक न्यूनतम रुपमा सरकारलाई आवश्यक विधेयकसहित अगाडि जाने तयारीमा प्रदेशसभा लागेको छ । प्रदेश लोकसेवा, प्रहरी र शिक्षा नीति सहितका केही कानून संघीय सरकारले बनाउने कानून पर्खिएर बसेका छन् ।

माघ २० गते आइतवारदेखि तेस्रो अधिवेशन शुरू भएको छ । अधिवेशनबाट प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने तयारी भइरहेको जनाइएको छ ।

मुख्यमन्त्री राईले चैतभित्र प्रदेशको नाम र राजधानीले पूर्णता पाउने यसअघि नै विभिन्न कार्यक्रममा सार्वजनिक गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x