×

NMB BANK
NIC ASIA

बुढेसकालमा पढ्ने रहर, प्रौढ कक्षाबाटै एसएलसी दिने इच्छा !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काभ्रे,  १ चैत - उमेरले ४० कटेकी चण्डेनी गाविसकी देवी सापकोटा प्रवेशिका परिक्षा कसरी दिन सकिन्छ भन्ने चिन्तामा छिन् । कसैले नियमित पढाइदिने वातावरण बनाइदिए आफू एसएलसी दिने सोचमा रहेको सापकोटा बताउँछिन् ।
 

“गाउँभरिका पुरुष पढेलेखेका छन् । हातहातमा मोबाइल बोकेर संसारभरिका मान्छेसँग कुराकानी गर्छन् तर आफूलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं हुन्थ्यो ।”  

गाउँमा शुरु भएको प्रौढ कक्षासँगै उनी यत्तिखेर मोबाइल चलाउनसक्ने भएको बताउँछिन् । त्यसका साथै उनी आफ्ना भावना गीत र कवितामार्फत व्यक्त समेत गर्न थालेको बताउँछिन् । “अब यत्तिले पुग्दैन, हामी एसएलसी दिन चाहँन्छौ । यसको व्यवस्थापन सरकारले गरिदिओस्,’ सापकोटाले आफ्नो पढ्ने इच्छा पूरा गरिदिन अनुरोध गरिन् ।

चण्डेनी गाविसस्थित रायोबारीकी कालिका नेपाल उमेरले ६० कट्न लागिन् । उनको दैनिकी पनि सापकोटाको जस्तै छ । बिहान भान्छाको कामसँगै गाई भैंसीलाई दानापानी र नातीनातिनीलाई खाना खुवाएर विद्यालय पठाएसँगै आफू पनि कापीकलम र किताब बोकेर प्रौढ कक्षामा जानु उनको दैनिकी बनेको छ अचेल ।

‘शुरुमा बुढेसकालमा पढ्न सकिएला जस्तो लागेको थिएन तर पढ्नका लागि उमेरले छेक्दो रहेनछ,’ उनले आफ्नो अनुभव सुनाइन् । अहिले त नाति नातिनी जस्तै आफू पनि सामान्य अक्षर चिन्न र पढ्न सक्ने भएको नेपालले सुनाइन् ।

आफूलाई पनि एसएलसी दिने खुब रहर भएको नेपालले सुनाइन् । ‘पहिला–पहिला सवारी साधन चढ्नको लागि पनि सहचालकसँग सोध्नुपर्थ्यो र कहाँ पुगियो, ओर्लने बेलामा समेत समस्या पर्ने गर्थ्यो । तर अहिले त्यो समस्या हुँदैन,’ उनले भनिन्, ‘म खुशी छु । अब अंग्रेजी जान्ने ठूलो इच्छा छ’, उनले भनिन् ।

कालिका नेपालजस्तै यहाँका अधिकांश महिला यत्तिखेर गाउँमा प्रौढ कक्षाले ल्याएको परिर्वतनको महसूस गरिरहेका छन् । उनीहरू पढाइसँगै सीप तथा तालिम प्राप्त गर्न सके दाउरा, घाँस, मेलापात र भान्छाचुलोसँगै अन्य आम्दानीको कामसमेत गर्न सकिन्थ्यो भन्दै थप पढाइको माग गरिरहेका छन् ।

काभ्रेको महादेवस्थान रानीटारका अधिंकाश महिला पढ्नका लागि उमेरले छेक्दैन भन्दै यत्तिखेर प्रौढ कक्षा लिन जान थालेका छन् । तीन महिना अघिदेखि शुरु भएको प्रौढ कक्षालाई उनीहरू बीचैमा छोड्नु नपरोस् भन्नेमा छन् ।
करीब ३५ जना महिला नियमित प्रौढ कक्षाबाट लेख्न, पढ्न जान्ने भएपछि यत्तिखेर उनीहरू प्रवेशिका परीक्षा दिन पाए हुन्थ्यो भन्दै गैरसरकारी संस्थाहरूलाई त्यसको चाँजोपाँचो मिलाइदिन आग्रह गरिरहेका छन् ।

गाउँका अधिकांश निरक्षर महिला  यत्तिखेर सामान्य लेख्न र पढ्न त जान्ने भए तर उनीहरू  आफ्नो पढाइ दुईचार महिनामै छोड्नुपर्ने भो भन्ने चिन्तामा रहेको बताउँछन् ।

चिअर नेपाल नामक संस्थाले  महिलाको शिक्षामा विशेष तवरले कार्यक्रम ल्याउने संस्थाका अध्यक्ष सन्तोष दाहालले बताए । ‘हामी महिलाहरूको इच्छा मार्दैनौं जसले पढ्ने चाहना राखेको छ, उसले पढ्न पाउनुपर्छ यसका लागि संस्थाले आवश्यक पहल गर्छ,’ दाहालले भने ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x