×

NMB BANK
NIC ASIA

उत्तर प्रदेशमा भाजपाले जम्मा १ सीट ल्याउँछ : अखिलेश यादव

चैत १२, २०७५

NTC
Premier Steels

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मंगलवार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय जनता पार्टीले उत्तर प्रदेशमा जम्मा १ सीट जित्ने बताएका छन् । 

Muktinath Bank

निषाद दललाई सपा र बहुजन समाज पार्टीको चुनावी साझेदार बनाइएको घोषणा गर्न उक्त पत्रकार सम्मेलन राखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उत्तर प्रदेशमा सपा, बसपा, आरएलडी, निषाद पार्टी र जनवादी पार्टी (सोसलिस्ट) साझेदार बनेका छन् । उत्तर प्रदेशमा ७४ सीट जित्ने दाबी गर्नेहरूले यसपालि कसरी खाता खोल्लान् हेरौंला । उनीहरूले जम्मा १ सीट जित्छन् जस्तो लाग्छ,’ अखिलेशले भने । 


Advertisment
Nabil box
Kumari

‘चौकीदार भाजपाको मात्र मुद्दा हो,’ उनले भने ।

Vianet communication

‘लखनउ सीटमा म जोखिम लिन्छु । लखनउमा विकासको मुद्दा उठाउने उम्मेदवारलाई म उठाउँछु, प्रतिद्वन्द्वीको जातपात र धर्म हेरेर उम्मेदवार उठाउँदिनँ,’ अखिलेशले लखनउ सीटको बारेमा बताए । भाजपाले त्यहाँ केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहलाई उठाएको छ । 

‘मेरो सरकारले गरेको जस्तो लखनउको विकास कुनै सरकारले गरेको छैन । मेट्रो, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, लखनउ आगरा एक्सप्रेसवे, जनेश्वर मिश्रा पार्क, डेरी, आईटी सिटी सबै मेरै योगदान हुन्,’ उनले भने । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले गरेको चुनावी वाचाका बारेमा सोध्दा उनले भने, ‘यसअघि पनि मानिसलाई १५ लाख भारु दिइने वाचा गरिएको थियो । समाजवादी पार्टीले मात्र वाचा पूरा गरेको छ । हाम्रो ल्यापटप योजना नै हेर्नुस् । प्रतिज्ञा गरेबमोजिम हामीले ल्यापटप दियौं ।’

‘समाजवादी पार्टीले समाजवादी प्याकेज ल्याउने चुनावी प्रतिज्ञा गरेको छ,’ उनले भने ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x