कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन ।
यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मानव शरीर पाँच तत्वबाट बनेको हुन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो ।
जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ । पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ ।
पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ । बासी पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ । तर यसभन्दा पहिला पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ । केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ ।
जस्तो, कपाल झर्ने समस्या, पथरी ,तनाव, हैजा, पानी कम हुने रोग, अधिक गर्मी आदिमा पानी पर्याप्त मात्रामा पिउन आवश्यक छ ।
पानी पिउने सही समय
२–३ गिलास पानी बिहान खाली पेट पिउँदा शरीरको अन्तरिक उर्जा सक्रिय हुन्छ । बिहान खाली पटमा पानीको मात्र आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन सकिन्छ । तर दुई गिलास पानी पिउने प्रयास गर्नुहोला ।
एक गिलास पानी नुहाए पश्चात पिउँदा ब्लडप्रेसर नियन्त्रित रहन्छ ।
दुई गिलास पानी भोजनको आधा घण्टा पहिला पिउँदा फाइदा हुन्छ ।
आधा गिलास पानी सुत्नुभन्दा ठीक पहिला पिउँदा हर्ट अट्याकबाट बच्न सकिन्छ ।
उभिएर पानी पिउँदा शारीरिक नोक्सान
आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन् । जसको घातक परिणाम शरीरले भोग्नुपर्छ ।
अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन् । जसले शरीरलाई हानी पुर्याउँछ ।
उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ । ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ । यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ । एक-दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन । तर लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ ।
उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ । तसर्थ बसेर बिस्तारै पानी पिउनु आवश्यक छ ।
-एजेन्सी
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...