×

NMB BANK
NIC ASIA

सरकारी चिकित्सकको आन्दोलन

सरकारी निर्णय लत्याउँदै देशभरका अस्पतालमा हड्ताल, बिरामीको बिचल्ली

चैत २२, २०७५

NTC
Premier Steels

काठमाडौं – बिहीवार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भनेर सरकारले निर्णय गरेको सार्वजनिक गरे । नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निर्णयमा स्वास्थ्य क्षेत्र र अस्पतालमा पनि हड्ताल गर्न नपाइने उल्लेख थियो ।

Muktinath Bank

बिहीवार सार्वजनिक भएको निर्णय शुक्रवारसम्म सञ्चारमाध्यममा प्रचारप्रसार भइरहँदा शुक्रवारैदेखि सरकारी चिकित्सकले अस्पतालमा हड्ताल गरेका छन् । सरकारी निर्णयलाई चुनौती दिँदै सरकारी चिकित्सक नै हड्तालमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकको समायोजन सम्बन्धमा सरकारले विवादास्पद निर्णय गरेको भन्दै असन्तुष्ट सरकारी चिकित्सकले शुक्रवारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने गरी हड्ताल गरेका छन् । जसले गर्दा अस्पतालको सेवा अवरुद्ध भएका छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको वीर अस्पतालमा ‘फलोअप’ जाँचका लागि आएकी चावहिलकी कौशिला राईले अस्पतालमा डाक्टरलाई भेट्न नाम दर्ता नै नगरिएको बताइन् । ‘पित्तथैलीमा पानी जमेको छ भनेर डाक्टरले आज बोलाएका थिए, ठूलो डाक्टरलाई भेट्न भनेर आएकी हुँ । आज त टिकट नै पाइएन,’ उनले भनिन्, ‘२ वर्षदेखि रोग निको नहुँदा समस्यामा छु ।’

Vianet communication

सरकारी निर्णयलाई चुनौती दिँदै डाक्टरले स्वास्थ्य क्षेत्रमा हड्ताल गरेकाले अब सरकारले के कारवाही गर्छ भनेर हेर्न बाँकी छ । सरकारले अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद् निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन फोहोरमैला व्यवस्थापन, विद्युत्, दैनिक खाद्यवस्तु, बैंक बीमालगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन । 

सरकारले प्रत्येक ६–६ महिनामा अत्यावश्यक क्षेत्र तोेकेर हड्ताल गर्न पाइने घोषणा गर्नसक्ने व्यवस्था छ । ती क्षेत्रमा कुनै समस्या देखिएको अवस्थामा सरकारले आवश्यक सहजीकरण गर्ने समेत पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x