३० जेठ २०८३, शनिबार

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १६ यात्रु घाइते

चैत २२, २०७५
स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १६ यात्रु घाइते

पोखरा – स्याङ्जाको वालिङ नगरपालिका–९ बिसौनीमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

चापाकोटबाट वालिङ जाँदै गरेको ग१ज ५५२२ नम्बरको जीप दुर्घटना हुँदा १६ जना घाइते भएका प्रहरीले जनाएको छ । जीपमा सवार १८ यात्रुमध्ये १६ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका ६ जनालाई थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डीएसपी गोविन्द पुरीले बताए ।

पोखरा रिफर हुनेमा चापाकोट–९ का सन्तोष थापा, वालिङका गंगामाया विक, चापाकोट–५ का केशरी थापा र भारतको सितमणि घर भई वालिङ–९ बस्दै आएका अनिल शाही र अवदेश शाह छन् । प्रहरीका अनुसार अन्य १० जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको लागि पठाइएको छ ।

जीप र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्